arrow

जीपको ठक्करबाट एकको मृत्यु ,दुई घाइते

logo
रासस
प्रकाशित २०७६ असोज २३ बिहिबार
bike-accident.jpg

काठमाडौं। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पामा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।  दुर्घटनामा एक बालक सहित २ जना घाइते भएका छन् ।

मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८ च ५३१६ नम्वरको बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–००–०१ प ८३ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा रहेका भरतपुर महानगरपालिका ११ बस्ने ३० वर्षीया शोभा धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ । 

दुर्घटनामा ३६ वर्षीय सुरज धिताल र नौ वर्षीय अर्पण धिताल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । दुर्घटनामा घाइते भएकी शोभाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बुधबार राति मृत्यु भएको हो।
दुर्घटनामा घाइते सुरज र अर्पणको पनि सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ