arrow

जबरजस्ती करणीको आरोपमा मालपोत प्रमुख पक्राउ

महिला पनि नियन्त्रणमा

logo
प्रकाशित २०७६ असोज २३ बिहिबार
arrested.jpeg

कन्चनपुर। कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

 “महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ ।” इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।”

उनले मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै कुनै खाले जाहेरी नआएको बताए । “अहिलेसम्म मुद्दा दर्ता भएको छैन ।” चन्दले भने, “घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ