करणीको आरोपमा मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ

रासस प्रकाशित मिति : २०७६ असोज २३ बिहिबार
फाइल

काठमाडौं। कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए। घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको जनाउँदै उनले भने “अहिलेसम्म मुद्दा दर्ता भएको छैन । घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौँ ।”

नयाँ