arrow

अष्ट्रेलियाले नेपाललाई ५-० गोलले हरायो

logo
प्रकाशित २०७६ असोज २३ बिहिबार
Football-Nep-Aus.jpg

काठमाडौं। नेपाल विश्वकप छनोट चरणको समुह चरणको खेलमा अष्ट्रेलियासँग ५-० गोलले पराजित भएको छ।

अष्ट्रेलियाका ज्यामी मकलरेनले ह्याट्रिक गर्दै नेपाललाई पराजित गर्न मदत गरेका थिए। त्यस्तै आफ्नो पहिलो खेल खेलिरहेका ह्यारी सुटरले २ गोल गरेका थिए। रक्षापंक्तीका सोल्टरले आफ्नो पहिलो खेलमा २ गोल गरेका हुन्।

खेलको छैठौं, १९औं र ९०औं मिनेटमा गोल गर्दै ह्यट्रिक पुरा गरेका थिए । त्यसैगरि सुटरले २४औं र ५९औं मिनेटमा गोल गर्दै पहिलो खेलमा २ गोल गरेका थिए।  

पहिलो हाफमा केहि तालमेल नमिलेको नेपालले ३ गोल खाएको थियो। केही बलहरु कप्तान र गोलकिपर किरण चेम्जुङले राम्रो बचाउ गर्दै गोलहरु बचाएका थिए। रक्षापंक्तिका खेलाडीहरुको आपसी तालमेल नमिल्दा पनि नेपालले गोलहरु खाएको थियो।

अष्ट्रेलियाका शारिरीक रुपमा र खेलको प्राविधिक रुपमा पनि नेपाली टोली भन्दा राम्रा देखिन्थे। विश्वकप फाइनल्स खेलिसकेको टोली अष्ट्रेलियासँग उसकै घरेलु मैदानमा नेपालले आफ्नो पक्षबाट सक्दो प्रयास गरेको हो।

नेपाली टोलीले केहि प्रयास गरेको थियो तर अष्ट्रेलियाको रक्षापंक्तिका खेलाडीहरुले ति प्रयासहरुलाई बिफल तुल्याएका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ