arrow

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

logo
प्रकाशित २०७६ असोज २४ शुक्रबार
nepali-cricket-team-t-20.jpg

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली सिङ्गापुर र ओमानमा भएका दुई वटा टी ट्वान्टी क्रिकेट सिरिज खेलेर आज स्वदेश फर्किएका छन् ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गरेका थिए । सिङ्गापुरमा भएको तीन देश सहभागी सिरिजमा नेपाल जिम्बावेसँग दुवै खेलमा पराजित भएको थियो ।

त्यस्तै नेपालले सिङ्गापुरलाई एक खेलमा पराजित गरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । सिङ्गापुरबाट सिधै ओमान गएको नेपाली टोलीले त्यहाँ पाँच देशीय टी–ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपालले नेदरल्यान्डस् र हङकङलाई पराजित गरेको थियो भने आयरल्यान्ड र ओमानसँग पराजित भएको थियो ।

उक्त प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ