arrow

पशु हत्याको विरोधमा मौन ब्रत

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
891785499.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । चाडपर्वको बहानमा वर्षेनी हजारौ पशुपंक्षीहरु मरिने गरेकोले उनीहरुको आत्माले शान्ति पाओस् भन्दै पाँचथरको एकतिनमा रहेको पूर्वाञ्चलकै पुरानो साङछ्यो गुम्बा आगेजोङमा बौद्धधर्मावलम्बीहरु ञ्युङने अर्थात मानै ब्रत बसेका छन् ।

दसैँ ,तिहार जस्ता चाडबाड र वर्षभरीमा हजारौँ निर्दोष पशुपंक्षीहरु मारिएको भन्दै बौद्धधर्मावलम्वीहरु तिनै पशुपंक्षिहरुको आत्माले शान्ति पाउन् भन्दै ञ्युङ्ने अर्थात मौन व्रत बसेका हुन् । हिंसकहरुको मनमा बोधिचित्त र करुणा उत्पन्न होस भन्दै सबै प्राणीको उद्धार एवं मुक्तिको लागि बौद्ध धर्म दर्शन अनुसार ब्रतालुहरु ञ्युङने बस्दछन् ।

त्यहाँ अहिले संचालन भएको प्रवचनमा सफा र शुद्ध भएर ब्रतालुहरु लामा गुरुबाट पञ्चशिल,अष्टशिल लिन्छन् । आफुले गुरुबाट २४ घण्टा अर्थात १ दिन शील पाएपछि शील भङ्ग हुन नदिन आठवटा प्रतिज्ञा गर्छन् । काङग्युर ग्रन्थमा भगवान बुद्धका वाणी ञ्युङने अर्थात मौनब्रत एकचोटि पालन गर्नाले ४० कल्पको पाप काटिनेछ अनि देव र मनुष्यको उत्तम जन्ममा पाउनेछ भन्ने उल्लेख रहेको लामाहरु बताउँछन्  ।

ञ्युङ्ने ब्रतमा पाँचथर,ताप्लेजुङ,तेह्रथुम,इलाम,झापा र दार्जि्लिङबाट भक्तजनहरु आएको साङछ्यो गोम्बा आगेजुङले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ