arrow

इंगल्याण्ड युरोकप छनोटमा दशकपछि पहिलो पटक पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७६ असोज २५ शनिबार
harry-kane2.jpg

काठमाडौं । युरोकप छनोट फुटबलमा इंगल्याण्ड एक दशकपछि पराजित पराजित भएको छ । शुक्रबार राति भएको समूह चरणको पाँचौं खेलमा इंगल्याण्ड चेक रिपब्लिकसँग पराजित भयो ।

यो हारसँगै इंगल्याण्ड १० वर्षपछि युरोकप छनोटमा पराजित भएको हो । सन् २००९ को अक्टोबर १० मा युक्रेनसँग १–० गोल अन्तरले पराजित भएपछि इंगल्याण्डले शुक्रबार रातिसम्म हारेको थिएन । 

योसँगै युरोकप छनोटमा इंगल्याण्डको ४३ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।

इंगल्याण्ड चेक रिपब्लिकको खेल 
शुक्रबार रातिको चेक रिपब्लिकको मैदानमा भएको खेलमा इंगल्याण्ड २–१ गोल अन्तरले पराजित भयो । सुरुवाती अग्रता जोगाउन नसक्दा इंगल्याण्ड पराजित भएको हो । खेलको पाँचौं मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट इंगल्याण्डले सुरुवाती अग्रता बनाएको थियो ।

नवौं मिनेटमै जाकुब ब्राबेकले गोल गर्दै चेक रिपब्लिकलाई बराबरीमा ल्याएका थिए । ८५ औं मिनेटमा ज्डेनेक ओन्द्रासेकले गोल गर्दै चेक रिपब्लिकलाई जिताए । 

समूह ए को अर्को खेलमा मोन्टेनेग्रो र बुल्गेरियाले शुक्रबार राति गोलरहित बराबरी खेले । यो खेलपछि ५ टिम सहभागी समूहबाट १२–१२ अंकका साथ इंगल्याण्ड र चेक रिपब्लिक पहिलो र दोस्रो स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ