arrow

जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी

logo
प्रकाशित २०७६ असोज २६ आइतबार
storm-japan.jpg

काठमाडौं । जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी आएको छ । भारी बर्षा र शक्तिशाली आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भयो क्योदो समाचार एजेन्सीले जनाएको छ । । झण्डै एक सयको संख्यामा घाइते भएका छन् । 

राजधानी टोकियोसहित विभिन्न शहरलाई आँधीले तहसनहस बनाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार प्रतिघण्टा २२५ किलोमिटरको रफ्तारले आएको आँधीले असर पार्ने भन्दै ७० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील गरिएको छ । 

People walk in a street covered with mud in Kawasaki, near Tokyo, Japan, 13 October 2019

हालसम्म ५० हजारभन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानतर्फ सरेका छन् ।

पूर्वतर्फ लागिरहेको उक्त आँधीले गर्दा २ लाख ७० हजार भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ