arrow

रोनाल्डोको सात सय गोल पूरा, टिम जिताउने धोको अपुरो  

logo
प्रकाशित २०७६ असोज २८ मंगलबार
ronaldo50.jpg

काठमाडौं । पोर्चुगलका फुटबल कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल करियरमा सात सय गोल पूरा गरेका छन् । सोमबार राति भएको युरोकप छनोट अन्तर्गत युक्रेन विरुद्वको खेलमा गोल गर्दै रोनाल्डोले करियरको ७ सय गोल पूरा गरेका हुन् ।

रोनाल्डोले आफ्नो ९७३ औं खेलमा सो गोल संख्या पूरा गरेका हुन् । उनले पोर्चुगलका लागि ९५ गोल गरेका छन् । 

रोनाल्डोले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए पनि टिमलाई जिताउन सकेनन् । उक्त खेलमा पोर्चुगल २–१ गोल अन्तरले पराजित भयो । 

युक्रेनले पोर्चुगलविरुद्व जित निकाल्दै समूह ‘बी’ बाट युरो कपमा छनोट भएको छ । रोमन यारेम्चुक र एन्ड्री यार्मोलेन्कोले १–१ गोल गरे । 

तारस स्टेपानेन्कोले दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिँदा युक्रेन १० खेलाडीमा सीमित भए पनि ७२ औं मिनेटमा रोनाल्डोले गोल गर्नु बाहेक बाँकी रहेको १८ मिनेटमा थप गोल गर्न सकेन । 

स्टेपानेन्कोले ह्याण्डबल गरेका थिए र रोनाल्डोले पेनाल्टी पाएका थिए । 

यो हारपछि पोर्चुगलको ११ र सर्वियाको १० अंक छ । सर्वियाले सोमबार राति लिथुआनियालाई २–१ गोल अन्तरले हरायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ