arrow

अयोध्या विवादबारे सर्वोच्चमा आखिरी सुनुवाई, यस्ता छन् हिन्दू–मुस्लिम तर्क

logo
प्रकाशित २०७६ असोज २९ बुधबार
ayodhaya.jpg

काठमाडौं । सयौं वर्षदेखि जारी भारतको अयोध्या विवाद अहिलेसम्म सुल्झिएको छैन । यसपटक कुनै पनि हालतमा सुल्झाउने लक्ष्यका साथ यो मुद्दाको सुनवाई सर्वोच्च अदालतमा भइरहेको छ । 

गत अगष्ट ६ तारिखदेखि भइरहेको सुनुवाई बुधबार अन्तिम सुनुवाई हुन सक्ने सम्भावना रहेको अदालत स्रोतलाई प्रयोग गर्दै भारतीय संचारमाध्यमहरुले लेखेका छन् । 

निर्मोही अखन्डा १३४ वर्षदेखि जमीनमाथि हक मागिरहेको अवस्था छ । सुन्नी कक्फ बोर्डद्धारा पनि ५८ सालदेखि यही माग गरिएको छ । 

यो मामला सन् १८८५ मा पहिलो पटक फैजाबाल अदालतमा दर्ता भएको थियो । २०११ मा सर्वोच्च अदालतले उच्च अदालतको फैसलामाथि रोक लगाएको थियो । 

उक्त फैसलाको आठ वर्षपछि बुधबार (अक्टुबर १६) अध्योध्या विवादको सुनुवाईको आखिरी दिन हुन सक्ने बताइएको छ । 

हिन्दू र मुश्लिम पक्षको भनाई सुनेपछि सर्वोच्च अदालतले आगामी नोभेम्बर ४ वा ५ मा यसको अन्तिम फैसला सुनाउन सक्ने अनुमान गरिएको छ । 

अहिलेसम्म विवादित भूमिको विषयलाई लिएर मुख्य ६ दलील पेस गरिएका छन् । उक्त विवादित भूमिको स्वामित्व लिने सम्बन्धमा रहेको छ ।

१, हिन्दू पक्षले २.७७ एकड पूरै जमीनमा आफूहरुको हक रहेको जनाइरहेको छ । तर मुस्लिम पक्षले भनिरहेको छ कि सन् १८८५ मा हिन्दू पक्षले केवल एक हिस्सा दावी गरेकामा अहिले पूरै मागिरहेको बताएको छ । 

२,हिन्दू पक्षले सन् १९४९ देखि उक्त क्षेत्रमा नमाज पढिएको छैन भनेको छ । त्यसैगरी चिहानघाट अनुहार फर्काएर नबाज पढिँदैन जबकि बाबरी मस्जिद वरिपरि थुप्रै चिहान रहेको दावी हिन्दू पक्षको छ । 

तर मुस्लिम पक्षले भने नबाज पढ्न बन्द हुँदैमा हिन्दूहरुको हक सावित नहुने तर्क गरेको छ । उसले भनेको छ – हामी आफ्नो घरबाट दुई वर्षका लागि बाहिर गए पनि त्यो घर हाम्रै हुन्छ ।

३,त्यस्तै जमीनमाथि जबरजस्ती कब्जा गरेर मस्जिद बनाइएको दावी हिन्दू पक्षको छ । मन्दिर फोडेर मस्जिद बनाइएको समेत हिन्दू पक्षको दावी छ । उक्त जग्गामा ईशापूर्वमा विशाल मन्दिर भएको दावी गरिएको छ । 

तर मुस्लिम पक्षले भने बयान अविश्वसनीय रहेको र गर्भगृहमा सन् १९३९ मा मूर्ति नभएको दावी समेत गरेको छ । 

४,निर्मोही अखान्डाका अनुसार रेभेन्यु रेकर्ड १९८२ मा चोरी भएकाले जन्मस्थानको दस्तावेजको माध्यमबाट सावित गर्न मुस्किल हुने दावी हिन्दू पक्षको भए पनि मुस्लिम पक्षले बाबरी मस्जिदका तीन शिलालेख भएको जिकिर गरेको छ । 

५,विवादित सम्पत्ति खुद एक देवता भएको भन्दै हिन्दू पक्षले अयोध्या रामको जन्मस्थान भएको बताएको छ । तर मुस्लिम पक्षले निश्वर निराकार भए पनि देवता साकार हुने तर्क गरेको छ । 

६, त्यस्तै जमीन खन्दा ढुङ्गामा गोही र कछुवाका चित्र बनेको भन्दै दुवै चित्रसंग मुस्लिमको कुनै संस्कृतिसंग लेनदेन नभएको दावी हिन्दू पक्षको छ । 

मुस्लिम पक्षले भने रामचरित मानस र वाल्मिकी रामायणमा कुनै स्थान राम जन्मभूमि, राम जन्मस्थान मन्दिरको बारेमा प्रसङ्ग नउठाइएको तर्क गरेको छ । जन्मस्थान कुनै हिस्सा हुन सक्ने भन्दै पूरै क्षेत्र सम्भव नहुने तर्क उसको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ