arrow

एनआरएनए मध्यपूर्वमा निर्विरोध, संयोजकमा गुरुङ, उपसंयोजकमा गोर्खाली र अर्याल

logo
प्रकाशित २०७६ असोज २९ बुधबार
NRN-2019-middleast.jpg

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) नयाँ नेतृत्वका का लागि आज निर्वाचन हुँदै गर्दा मध्यपूर्वमा भने निर्विरोध भएको छ। एनआरएनए मध्यपूर्वको संयोजकमा प्रविण गुरुङ र मनोज श्रेष्ठ (गोर्खाली)ले उम्मेदवारी दिए पनि आज उनीहरुबीच सहमति भएसँगै संयोजक र उपसंयोजक दुबै निर्विरोध चयन भएका हुन्। योसँगै गुरुङ एनआरएनए मध्यपूर्व संयोजक बनेका छन् भने उपसंयोजकमा गोर्खाली र जोन अर्याल निर्विरोध चयन भएका हुन्।

यसअघि गोर्खालीले संयोजकमा गुरुङलाई सघाउने निर्णय गर्दै संयोजकबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। निर्वाचन समितिले तोकेको समयसिमाभित्र मध्यपूर्व संयोजक र उपसंयोजकमा तीन जना बाहेक अन्य कसैको पनि दावि विरोध नभएपछि गुरुङ, गोर्खाली र अर्याल निर्विरोध चयन भएका हुन्।

निर्विरोध चयन भएका गुरुङले सहमतिका साथ अगाडि बढ्दा एकातिर उम्मेदवार र सदस्यहरुमा समेत ‘पोजेटिभ म्यासेज’ जाने र अर्कोतिर काम गर्न पनि सहज हुने विश्वास व्यक्त गरे।

बाँकी अन्य पदमा भने निर्वाचन हुने भएको छ। अध्यक्षका प्रत्यासी एवम् वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले गैरआवासीय नेपाली संघको नेतृत्वका समूह नै बनाएर उम्मेदवारी दर्ता गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ