arrow

भारतीय नागरिकलाई आतंकवादीको नाममा फसाउने रणनीतिमा पाकिस्तान

logo
प्रकाशित २०७६ असोज ३० बिहिबार
Pakistan-Flag.jpeg

एजेन्सी। पाकिस्तानले भारतीय नागरिकहरुलाई आतंकवादको मुद्दामा फसाउन खोजेको आरोप भारतले लगाएको छ। पाकिस्तानले चीनको सहयोगमा बिभिन्न मुलुकमा काम गरिरहेका भारतीयहरुलाई (ईस्लामिक स्टेट) ‘आईएस’ लगायत अरु आतंकवादी संगठनहरुसँगको संलग्नता देखाएर फसाउन शुरु गरेको भारतको आरोप रहेको छ।

कोलकातामा रहेका अजय मिस्त्रीलाई पाकिस्तानले अफगानिस्तानमा आतंकवादी समुहको संयोजक र पाकिस्तानमा हिंसा मच्चाउने अभियुक्तका रुपमा चित्रण गरेको छ। मिस्त्रीलाई सन् २०१७-१८ मा बिभिन्न आतंकवादी लडाकुहरुलाई ईराक-सिरियाबाट अफगानिस्तान पुर्‍याउन सहयोग गर्ने प्रमुख व्यक्तीका रुपमा प्रस्तुत गरिएको छ।

मिस्त्रीले खाईबर पख्तुनख्वामा आत्मघाती बम हमला गराउन आर्थिक सहयोग गरेको आरोप पनि लगाइएको छ। मिस्त्रीलाई अन्तराष्ट्रीय आतंकवादी घोषणा गर्न चीनको सहायतामा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको १२६७ लगाउने तयारी रहेको भारतको आरोप रहेको छ। मिस्त्रीलाई पाकिस्तानले ईश्लामिक स्टेटका आतंकवादी जस्ले पाकिस्तानलाई आफ्नो आक्रमणको निशाना बनाईरहेको बताएको हिन्दुस्तान टाईम्सले डिप्लोम्याट्सलाई उद्त गर्दै लेखेको छ।

यसअघि पनि पाकिस्तानले अफगानिस्तानमा काम गरिरहेका भारतीय नागरिक भेनु माधव डोन्गरालाई आतंकवादी घोषणा गर्ने प्रस्ताव गरेको थियो। तर अमेरिकाको सहयोगमा उक्त कुरामा पाकिस्तान सफल हुन सकेन। पाकिस्तानले डोन्गरालाई तारिक गिदर नामक आतंकवादी समुहलाई हतियार र बिष्फोटक उपलब्ध गराएको आरोप लगाएको थियो। पाकिस्तानले गलत गरिरहेको थाहा पाएर भारतले डोन्गरालाई अफगानिस्तानबाट भारत उद्दार गरेको थियो।

पाकिस्तानले पुर्व भारतीय नौसेना र व्यवसायी कुलभुषण जाधवलाई ईरानबाट अपहरण गरेर पाकिस्तानमा मृत्युदण्ड सुनाएको थियो। अन्तराष्ट्रीय अदालतले पाकिस्तानलाई उक्त निर्णयमा पुनर्विचार गर्न र फेरि शुरुदेखि अनुसन्धान गर्न आग्रह गरेको छ।

मिस्त्री लगायत अरु केही थप भारतीय नागरिकलाई अन्तराष्ट्रीय आतंकवादी घोषणा गराउने लक्ष्यका साथ पाकिस्तान अगाडि बढिरहेको भारतको आरोप रहेको छ। भारतीय पक्षका अनुसार मिस्त्री खाना बनाउने कुक रहेको र उनले अबुधाबी, ईराक र अफगानिस्तानमा रहेर कुकको काम गरेको बताएको छ। ईराकमा अमेरिकी क्याम्पमा कुकको काम गरेका मिस्त्रीले अबुधाबी र अफगानिस्तानमा पनि कुकको काम गरेका थिए।

पाकिस्तानले आफ्ना नागरिकहरु विश्व आतंकवादी सुचीमा रहेकोमा भारतीय नागरिकहरु पनि उक्त सुचीमा सामेल भएमा आतंकवादको आरोपमा भारत-पाकिस्तान बराबर हुने सोचका साथ अगाडि बढेको भारतीय दाबी रहेको छ। दाउद ईब्राहिम, मसुद अजहर, हाफिज सईद लगायत पाकिस्तानी नागरिक अन्तराष्ट्रीय आतंकवादी घोषणा भैसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ