arrow

चन्द्रयान २ ले पठायो पहिलो तस्वीर

logo
प्रकाशित २०७६ असोज ३० बिहिबार
chandrayan-21.jpeg

काठमाडौं । चन्द्रयान २ ले चन्द्रमाको सतहको पहिलो तस्वीर पठाएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले बिहीबार ट्वीटरमार्फत उक्त तस्वीर पठाएको जनाएको हो । 

यो तस्वीर इमेजिङ इन्फ्रारेड स्पेक्ट्रोमिटर आइआईआरएस पेलोडद्धारा खिचिएको थियो । चन्द्रमाको सतहबाट परावर्तित हुने प्रकाशको मापन गर्ने उद्धेश्यले आइआइआरएसको डिजाइन गरिएको हो । 

चन्द्रयान २ चन्द्रमाको वरपर घुमिरहेको छ । इसरोले चन्द्रमाजस्तै पहिलो चम्किलो तस्वीर मिलेको बताएको छ । 

चन्द्रयान २ मिशन गत जुलाई २२ को प्रक्षेपण गरिएको थियो । अगष्ट १४ तारिखमा ल्यान्डर र रोवरले पृथ्वीको क्षेत्र छोडेको थियो । 

६ दिनपछि चन्द्रयान २ चन्द्रमाको कक्षभित्र प्रवेश गरको थियो । २ सेप्टेम्बरमा विक्रम विक्रम सफलतापूर्वक कक्षबाट अलग भएको थियो । 

विक्रम ल्याण्ड गर्नु केही मिनेट अगाडिमात्र सम्पर्क विहीन भएको थियो । सम्पर्कविहीन भए पनि उसले काम भने गरिरहेको इसारेले बताएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ