arrow

महाराष्ट्र चुनावः मोदीले भने ‘कांग्रेसको गतिविधि अहित चाहनेहरुका लागि अक्सिजन बराबर’

logo
हाम्रा कुरा
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
modi7.jpeg
तस्बिर : फाइल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेताहरुको गतिविधिले गर्दा देशमा अहित चाहनेहरुका लागि अक्सिजनको काम गरेको आरोप लगाएका छन् । 

महाराष्ट्रको विधानसभा चुनावको प्रचारका क्रममा बिहीबार मुम्बईको बीड जिल्लाको परलीमा भारतीय जनता पार्टीका नेता पंकजा मुन्डेको समर्थनमा जनसभालाई सम्वोधन गर्दै मोदीले उक्त आरोप लगाएका हुन् । 

उनले भने, ‘भाजपा कार्यकर्ता दिनरात परिश्रम गर्छन् । कांग्रेसले आफ्नो चिन्ता गरोस् । कार्यकर्ता र नेता छोडेर भागिरहेका छन् । कांग्रेसका नेताहरु एक आपसमा भिडिरहेका छन् । भएका युवाहरुले छोडेका छन् । वृद्धवृद्धाहरु टाउकोमा हात राखेर रोइरहेका छन् ।’

मोदीले मतदातालाई आफ्नो पार्टीमा भोट हाल्न आग्रह गर्दै भने, ‘तपाईको सेवामा युवा र कर्मशील भाजपाको टीम छ ।’

कांग्रेसप्रति कटाक्ष गर्दै मोदीले भने, ‘थाकेका र हारेका मान्छेले के गर्न सक्छन् ? यस्ता मानिसको जरुरत के छ । फेरि आफ्नो भोट बर्बाद गर्नुपर्ने जरुरी के छ ?’

मोदीले आफूहरुले देशका लागि काम गरेको बताए । उनले सभामा संवोधन गर्नुअघि प्रसिद्ध वैद्यनाथ मन्दिरको दर्शन गरेका थिए । 

मोदीले शुक्रबार हरियानाको मोहना र हिसारमा जनसभालाई सम्वोधन गर्दैछन् । 

महाराष्ट्रको २८८ विधानसभा सीटका लागि अक्टोवर २१ तारिख सोमबार मतदान हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ