arrow

एनआरएनएको चुनावको नतिजा आउँदै, अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी विजयी

logo
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
nrna-america-2019-winner.jpg

काठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको मतपरिणाम धमाधम आउँदै छ । पछिल्लो नतिजा अनुसार अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी विजयी भएका छन् । 

त्यसैगरी उपसंयोजकमा राम सी पोख्रेल र महिलातर्फ उमा कार्की विजयी भएकी छिन् । युवा संयोजकतर्फ बिमला सापकोटा निर्वाचित भएकी छिन् । उनी क्यानडाबाट अमेरिका गएकी हुन् । 

 यता, मध्यपूर्वमा भने निर्विरोध भएको छ। एनआरएनए मध्यपूर्वको संयोजकमा प्रविण गुरुङ र मनोज श्रेष्ठ (गोर्खाली)ले उम्मेदवारी दिए पनि बुधबार उनीहरुबीच सहमति भएसँगै संयोजक र उपसंयोजक दुबै निर्विरोध चयन भएका हुन्। 

योसँगै गुरुङ एनआरएनए मध्यपूर्व संयोजक बनेका छन् भने उपसंयोजकमा गोर्खाली र जोन अर्याल निर्विरोध चयन भएका हुन् । एनआरएनए मध्यपूर्वमा निर्विरोध, संयोजकमा गुरुङ, उपसंयोजकमा गोर्खाली र अर्याल

अन्य पदाधिकारीहरुबीचको मतगणना जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ