arrow

एनआरएनएको नेतृत्व कुमार पन्तको हातमा 

logo
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
kumar-pant-nrna-president.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको नेतृत्व कुमार पन्तको हातमा गएको छ । काठमाडौंको होटल हायातमा भएको नवौं महाधिवेशनले पन्तलाई अध्यक्षमा निर्वाचित गरेको हो । पन्तले अध्यक्षका प्रत्यासी कुल आचार्यलाई पराजित गरेका हुन्। 

निकै प्रतिस्पर्धा भए पनि पन्तले बाजी मारेका हुन् । मतगणनाको सुरुवाती चरणमा भने आचार्य अगाडि रहेका थिए । पन्तले १२ सय १७ मत तथा आचार्यले एक हजार ७० मत पाएका छन् । 

अन्य विजेताहरुमा – उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् ।  

महासचिवमा हेमराज शर्मा तथा सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भए । 

कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ तथा सह–कोषाध्यक्षमा लोक दाहाल विजयी भए । महिला संयोजकमा भोमा लिम्बू विजयी भएकी छिन् । 

बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना शुक्रबार बिहानमात्र सकिएको हो । निर्वाचनमा दुई हजार ५ सय ७० मतदाता रहेकोमा दुई हजार ३ सय ४० मत खसेको थियो। 

थप विवरण केही बेरमा...



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ