arrow

काम हप्ताको चार दिन, तलब २ करोड बढी, डिग्री नचाहिने

logo
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
air-traffic-controller-photos.jpg

काठमाडौं । सामान्य हिसाबमा मध्यवर्गका मानिसका लागि करोडौंको तलब मिल्नु एक सपनाजस्तो हुन्छ । मानिसहरु यसका लागि केही विशेष किसिमको खुबी हुनुपर्छ भन्ने सोच्छन् । तर, यहाँ यस्तो रोजगारीको विषयमा वर्णन गरिएको छ, जसका लागि न कुनै डिग्री चाहिन्छ, न कुनै विशेष किसिमको क्षमता ।

सातामा केवल ४ दिन काम गर्नुपर्ने हुन्छ र यसका लागि मानिसलाई करीब २ करोड ४० लाखभन्दा बढी तलब पाइन्छ । तर, कोही पनि यो काम गर्न रुचाउँदैनन् ।

यो काम न्युजिल्याण्डमा फ्लाइट्सको ट्राफिक कन्ट्रोल गर्नु हो । यो काम गर्नेले कुन फ्लाइट कहिले आउँछ, कुन फ्लाइट कुन रनवेमा बस्छ भन्नेजस्ता सबै कुराको ध्यान राख्नुपर्ने हुन्छ । यसका लागि कम्पनीले केवल काम गर्नेको उमेर २० वर्षभन्दा बढी हुनुपर्ने शर्त राखेको छ ।

कम्पनीका अनुसार यहाँ सधैं काम गर्ने मान्छेको कमी हुने गरेको छ । यो काम निकै जोखिमपूर्ण हुने भएकाले मानिसहरु यसमा काम रुचाउँदैनन् । एयर कन्ट्रोलरको सानो गल्तीले धेरै मानिसको ज्यान जान सक्छ ।
 
यो रोजगारीका लागि निकै कठिन परीक्षाको सामना गर्नुपर्ने हुन्छ । यस्तोमा कम्पनीले दिएको समस्या समाधान ३ सय उम्मेदवारमा केवल एकजनाले मात्र समाधान गर्न सक्छ । कम्पनीले परीक्षणको क्रममा उम्मेदवारमा कति क्षमता छ भन्ने कुराको मूल्यांकन गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ