arrow

महाराष्ट्र र हरियाणामा मतदानः भाजपा फेरि पनि अगाडि

मतदान जारी, कांग्रेसको फर्कने आशा धर्मराउँदै  

logo
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
bjp-congress.jpg

काठमाडौं । भारतको महाराष्ट्र र हरियाणा गरी दुई राज्यमा सोमबार विधानसभा निर्वाचनको मतदान सुरु भएको छ । महाराष्ट्रमा विधानसभाको २८८ तथा हरियाणामा विधानसभाको ९० सिटका लागि मतदान भइरहेको हो । ठूलो सुरक्षाका बीच स्थानीय समयअनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । यसको मतगणना २४ अक्टुबर (कार्तिक ७ गते) मा हुनेछ ।

पछिल्लो निर्वाचनमा महाराष्ट्रमा भाजपा र शिवसेनाको गठबन्धनले सरकार बनाएको थियो भने हरियाणामा भाजपाले बहुमतसहित सरकार बनाएको थियो । 

भाजपाले यसपटक पनि सरकार बनाउने विश्वासमा अगाडि बढेको छ भने कांग्रेस आफ्नो गुमेको कुर्सी फेरि पाउने आशा गरेको छ । 

महाराष्ट्रमा मुख्य प्रतिस्पर्धा भाजपा–शिवसेना गठबन्धन र कांग्रेस–एनसीपीको बीचमा नै हुनेछ । महाराष्ट्रमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह र नितिन गडकरी सहितका नेताहरु प्रचारमा जुटेका थिए । 

यहाँ कांग्रेस प्रचारमासमेत कमजोर देखिएको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । भाजपाले उठाएको पाकिस्तान र कश्मीरको मुद्धा सशक्त थियो । 

हरियाणामा त भाजपाले एकतर्फी प्रदर्शन गरिरहेको देखिएको छ । भाजपाको प्रतिस्पर्धामा कांग्रेस, जजपा, हजकां कमजोर देखिएका छन् । हरियाणामा मोदी, शमाह लगायतका नेताहरुसंग बलिउड हस्ती हेमा मालिनी र सनी देओल पनि देखिएका थिए । 

कांग्रेसका लागि अन्तरिम अध्यक्ष सोनिया गान्धी, पूर्व अध्यक्ष राहुल गान्धी लगायतले प्रचारप्रसारमा सहभागीता जनाए पनि उनीहरुको मुद्दा कमजोर बनेको बताइन्छ ।  

नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले दोस्रो पटक केन्द्रीय सरकार बनाएपछिको यो पहिलो परीक्षा पनि हो । यो परीक्षामा मोदीले कत्तिको सफलता हासिल गर्लान् त भन्ने पनि छ । 

एक्जिट पोल भने भारतीय समय अनुसार साँझ ५ बजे आउने पनि बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ