arrow

एनआरएनए अमेरिकाका उपाध्यक्ष वाग्ले सम्मानित  

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ कार्तिक ४ सोमबार

पुनर्वास । गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेलाई कञ्चनपुरको पुनर्वासमा स्वागत तथा सम्मान गरिएको छ । कञ्चनपुरको पुनर्वासस्थित श्री निवास दिब्य धामले आइतबार एक कार्यक्रमको आयोजना गरी वाग्लेलाई स्वागत तथा सम्मान गरेको हो । 

गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाका उपाध्यक्षमा निर्वाचित भए यता पहिलोपटक  गृह जिल्ला पुगेपछि वाग्लेलाई राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्टले खादा ओढाएर सम्मान गरेकी हुन् । 

युवा अबस्थादेखिनै सामाजिक कार्य मार्फत पुनर्वासको क्षेत्रको विकास कार्यमा वाग्लेले योगदान पुर्याउँदै आएका छन् । पञ्चायतकालमा लोकतान्त्रिक आन्दोलनमा होमिएका वाग्ले केही वर्षअघि रोजगारीको शिलशिलामा अमेरिका रहँदै आएका छन् ।

वाग्लेले धार्मिक क्षेत्र विकासका लागि दिब्यधामलाई समेत सहयोग गरेका थिए । प्रवासमा रहेका वाग्ले नेपाली साहित्य, पत्रकारिता र समाज सेवामा समर्पित हुँदै आएका छन् ।

कार्यक्रममा बोल्दै वाग्लेले भने ‘गरिबी के हो भन्ने मैले नजिकबाट बुझेको र भोगेको छु तसर्थ नेपाल र हाम्रो गाउँ ठाउँको विकासका निम्ति केही गर्दै जानेछु ।’

उनले भने ‘हरेक मान्छेको कर्तब्य हो आफ्नो जन्म भुमि र समाजको हित र बिकासका लागि केही न केही गर्नै पर्छ म त्यही कर्तव्य पालन गर्दै छु ।’

कार्यक्रममा उनले भने ‘हाम्रो समाजको विकासका लागि आउने समयमा अझै बढी सहयोग कसरी गर्न सकिन्छ त्यसतर्फ आफू केन्द्रित हुनेछु ।’

अमेरिका प्रवासबाटै वाग्लेले नेपाली भाषाका जनधारणा डटकम र ओएस भेभो नामक अनलाइन मार्फत पत्रकारिता समेत गर्दै आएका छन् । कञ्चनपुरको पुनर्वास ८ क गाउँस्थित श्री निवास दिब्य धाममा आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथि स्वामी गोबिन्द आचार्य रहेको कार्यक्रमको सभापतित्व दिब्यधाम समितिका अध्यक्ष बिश्वनाथ बिष्ट रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ