arrow

ओपो रेनो टू एफको विक्रि सुरु, ४७ हजारको फोनका यस्ता विशेषता

logo
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
Oppo-Reno.jpg

काठमाडौं ।  ओपोले नेपालमा ओपो रेनोटू एफको विक्रि सुरु गरेको छ । अक्टोबर १८देखि आफ्नो आधिकारिक शोरुममा फस्र्टसेल गरि बिक्रि सुरु गरेको हो ।

प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ ओपो रेनोटू एफमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ । ओपो रेनोटू एफमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका छन् ।

अहिले फोनमा उपलब्ध गरिएको ४८ एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ१.७९ एपर्चर र १-२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।

 रेनोटू एफमा कम्पनीले ४ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरेको छ । त्यसैगरी यसमा ६.५ईञ्चको मल्टि(टच, ३९४ पीपीआईमा २३४०८१०८० पिक्सेल क्यापेसिटिभ स्क्रिनको ब्यवस्था गरिएको छ ।

स्क्रिनको सुरक्षार्थ फोनमा बलियो र सम्भावित जोखिम न्यूनिकरणका लागि पाँचौ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ ।

कलरओएस ६को परिस्कृत भर्जन कलरओएस ६.१मा आधारित यो फोनमा हरेक संवद्र्धन उपभोक्ताका आवश्यकता दृष्टिगत गर्दै तिनका जीवन तथा कार्य सम्पादनमा सहजता ल्याउने सोचका साथ गरिएको छ ।

 रु. ४६,९९० मूल्य निर्धारण गरिएको ओपो रेनोटू एफ कम्पनीले लेक ग्रिन र स्काई ह्वाइट गरि दूई आकर्षक रंगमा सार्वजनिक गरेको हो । स्मार्टफोन नेपालभर रहेका प्रमुख विक्रि केन्द्रबाट उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ