arrow

ओलीसँग टकरावको अवस्था छैन : प्रचण्ड

शान्ति प्रक्रियाका मुद्दाहरु चाँडै टुंग्याउने

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
prachanda2.JPG

पाँचथर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई पार्टी अध्यक्षको बिचमा कुनै टकरावको अवस्था नरहेको बताएका छन् ।

पाँचथरको फिदिममा मंगलबार जिल्ला स्तरीय बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम अघि पत्रकारसँग बोल्दै प्रचण्डले अव समग्र स्थितिलाई कसरी लैजाने भन्ने विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र आफू विच समझदारी गरी अघि वढ्ने संकल्प गरेको बताए ।
 
उनले सभामुख चयन पनि संवाद निरन्तर भइरहेको हुँदा चाँडै सभामुख चयन हुने बताए । पार्टी एकता प्रक्रिया अन्तिम चरणमा रहेको बताउदै उनले थोरै ढिला भएपनि निष्कर्षमा पुगेको उनको भनाई छ । केन्द्रमा सवै एकता प्रक्रिया टुंग्याएर छिट्टै प्रदेश स्तरीय भेला प्रशिक्षणमा जानेमा तयारीमा रहको उनले बताए ।

बाँकी रहेको हिजोको संक्रमणकालका मुद्दाहरुलाई टुंग्याउने संवादहरु भइरहेको हुँदा अव शान्ति प्रक्रियाको अन्तिम निष्कर्ष तर्फ पुग्न लागेको उनले बताए ।

हिजो मात्रै पनि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, लगायत अन्य दलका नेताहरु,संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ र आफूबिच संवाद भएको हुँदा अव चाँडै शान्ति प्रक्रियाका मुद्दाहरु टुंग्याउने उनको भनाई छ । अव वाँकी वर्षहरु विकाश निर्माण र समृद्धिका द्धुत गतिको प्रगतिको वर्षहरु हुने उनले विश्वास ब्यक्त गरे ।

मन्त्रीमण्डल हेरफेरको जिम्मा भने पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीको हातमा रहेको हुँदा उनको इच्छा अनुरुप मन्त्रीमण्डल हेरफेर हुने उनले बताए ।

एक दिनसम्म चल्ने पार्टीको प्रशिक्षण पार्टीका महासचिव विष्णु पौडेल,नेकपा नेता तथा संविधान सभा अध्यक्ष सुवास नेम्बाङ,लगायत केन्द्रीय स्तरका नेताहरुले दिने कार्यक्रम तय भएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ