arrow

ती सुपरमम जसले जन्माएका सबै २१ बच्चा स्वस्थ्य छन् 

logo
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
babies.jpg

काठमाडौं । एक जना महिलाले निरन्तर बच्चा जन्माइरहेकी छिन् । ४४ वर्षकी उनले २१ वटा बच्चा जन्माइसकिन् र २२ औं बच्चाको पर्खाइमा छिन् । फेरि सबै २१ जना बाँचेका छन् । स्वस्थ्य छन् । पढ्दा पनि अचम्म लाग्न सक्छ । 

यो जमाना कमभन्दा कम सन्तान जन्माउने जमाना हो । महिलाहरु त आफ्नो शारीरिक बनोट बिग्रन्छ भनेर बच्चा पाउन पनि कठिन मान्छन् । त्यतिमात्र होइन बच्चालाई दूध खुवाउन छाडेर सुरुआतदेखि नै ल्याक्टोजिन खुवाउने गर्छन् । 

सबै त्यस्ता नहुन सक्छन् । बेलायती अनलाइन डेलिमेलले भने अचम्मकी महिलाको घोषणा समाचारमा समेटेर विश्वलाई हैरान पारेको छ । सुपरममका नामले चर्चित ती महिलाले २२ औं पटक आफू गर्भवती भएको घोषणा गरेकी हुन् । 

४४ वर्षीया बेलायती महिला सू राडफोर्डले आफू २२ औं पटक गर्भवती भएको बताएकी हुन् । उनका पति नोएल भने ४८ वर्षका छन् । बेलायतकै सबैभन्दा ठूलो परिवार मोरकम्बेको लाङ्कासियरमा बस्ने गर्छ । 

उनीहरुको पछिल्लो बच्चा गत वर्ष जन्मेको थियो । अल्ट्रासाउन्डको रिपोर्ट देखाउँदै सुपरममले १५ हप्ताको गर्भ बसिसकेको बताएकी छिन् । उनले केही समयमै बच्चाको लिंगसमेत पत्ता लाग्ने बताएकी छिन् । 

अचम्म त के भने उनका जन्मिएका सबै बच्चा जिवित छन् । अहिले उनका ११ छोरी र १० छोरा छन् । उनको चाहना यसपटक छोरा पाएरै बराबरी गर्ने छ । 

उनीहरुले पहिलो बच्चा सन् १९८९ मा पाएका थिए । सबैभन्दा सानो बच्चा गत नोभेम्बरमा पाएका थिए । 

यो परिवारको बेकरीको ब्यापार छ । १० कोठाको घरमा परिवारका सबै सदस्य बस्ने गर्छन् । 

नवौं बच्चा भइसकेपछि नोएलले भ्यासेक्टोमी गरेको भए पनि त्यसपछि पनि निरन्तर बच्चा जन्मिरह्यो । 

यो परिवारले बाहिर खाना खान जानुपर्यो भने कम्तीमा १५० पाउन्ड खर्च गर्नुपर्छ । त्यतिमात्र हैन सात वटा सुटकेस पनि संगसंगै लैजानुपर्छ । 

वासिङ मेसिनबाटै दैनिक १८ किलो कपडा धुने गरिएको पनि डेली मेलले लेखेको छ । 

जति धेरै सन्तान भए पनि सबैको अनुहारमा खुशीमात्र देख्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ