arrow

पीओकेमा शान्तिपूर्ण र्यालीमा सुरक्षाकर्मीको लाठी, २ को मृत्यु ८० भन्दा बढी घाइते

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
pok-attack.jpg

काठमाडौं । शान्तिपूर्ण र्याली निकालिरहेका मानिसमाथि सुरक्षाकर्मीले लाठी चार्ज गर्दै हिंसा बढाएको छ । उक्त हिंसामा परी २ जनाको मृत्यु भएको छ भने ८० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये केही गम्भीर रहेको बताइएको छ । 

घटना हो पाकिस्तानको कब्जामा रहेको कश्मीरको । पीओकेमा यस र्यालीको आयोजना स्वतन्त्र राजनीतिक दलहरुको संगठन अल इन्डिपेन्डेन्ट पार्टीज् अलायन्स एआईपीएले गरेको थियो । यसको उद्धेश्य पीओकेका जनतालाई स्वतन्त्रता दिलाउनु रहेको संचारमाध्यमहरुले लेखेका छन् । 

सन् १९४७ को अक्टुबर २२ मा पाकिस्तानी सेनाले जम्मू कश्मीरको यो क्षेत्रलाई कब्जामा लिएको थियो । ७२ औं वर्षगाँठमा गरिएको उक्त र्यालीमाथि सुरक्षाकर्मीले आक्रमण गरेको हो । 

यो दिनलाई कालोदिनका रुपमा स्थानीयले विरोध गर्दै आएका छन् । २२ अक्टोबरमा यसै किसिमको प्रदर्शन मुजफ्फराबाद, रावलकोट, कोटली, गिलगिट, रावलपिन्डीलगायतका क्षेत्रमा गरिएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ