arrow

प्रेमीले विवाह गर्ने भएपछि हत्या, घरमा दाँत भेटिएपछि खुल्यो रहस्य

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
BoyFriends.jpeg

काठमाडौं । मोरक्कनकी एक महिलाले प्रेमीको हत्या गरिन् । उनले प्रेमीको मासुको परिकार बनाइन् र युएइको निर्माण क्षेत्रमा काम गर्ने कामदारलाई खुवाइन् । बदला भन्ने शब्द मानिसहरुको लागि निकै हानिकारक बन्नसक्छ भन्ने कुराको उदाहरण यी महिलाबाट थाहा पाउन सकिन्छ । बदलाको रापमा जलेकी महिलाले आफ्ना प्रेमीको हत्या गरेर उनसको मासुबाट बिर्‍यानी बनाएर नोकरलाई खुवाएकी थिइन् ।
 
आफ्नो प्रेमीले अर्कै महिलासँग विवाह गर्न लागेको थाहा पाएपछि त्यसको बदला लिनको लागि महिलाले प्रेमीको हत्या गरेकी हुन् । यूएईको अल–इन नाम गरेको क्षेत्रमा यो घटना घटेको हो । सात वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा थिए तर प्रेमीले भने अर्कै केटीसँग विवाह गर्न लागेको थाहा पाएपछि उनी आक्रोशित भएकी थिइन् ।

यो घटना भएको तीन महिनासम्म यो कुरालाई कसैलाई पनि थाहा थिएन । तीन महिनापछि उनका भाइले उनको खोजी गर्दै जाँदा प्रहरीमा हराएको उजुरी गरेका थिए । उनको उजुरीपछि प्रहरीले खोजी गर्दै जाँदा महिलाको घरमा उनका प्रेमीको दाँत भेटिएको थियो । डीएनए परीक्षणको रिपोर्ट आएपछि घटना खुलेको थियो ।
 
यो घटना खुलेपछि महिलालाई प्रहरीले गिरफ्तार गरेको थियो । महिलाले आफ्नो बयानमा रिसको झोंकमा प्रेमीको हत्या गरेको बताइन्  । महिलाले आफूले लामो समयदेखि उसलाई आर्थिक सहयोग पनि गर्दै आएको तर अन्तिममा उसले धोका दिएको बताएकी छन् । उनलाई अदालतले सजाय दिइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ