arrow

दुई भारतीय टेलिकम कम्पनी गाभ्न केन्द्रको स्वीकृति

logo
एएनआई,
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
bsnl-mtnl.jpg

नयाँदिल्ली। भारतको केन्द्र सरकारले दुई भारतीय टेलिकम कम्पनीलाई एकापसमा गाभ्न (मर्ज) स्वीकृति दिएको छ। केन्द्र सरकारको मन्त्रिपरिषदले बुधबार महानगर टेलिफोन निगम लिमिटेड (एमटीएनएल) लाई भारत संचार निगम लिमिटेड (बिएसएनएल) मा गाभ्न स्वीकृति दिएको भारतीय सञ्चार तथा प्रशारण मन्त्री रवीशंकर प्रसादले बताए। 

उनले महानगरीय टेलिफोन सार्वजनिक कम्पनी भएको र यसको शेयर स्टक कम्पनीमा सूचीकृत भएकाले मर्जका लागि केही समय लाग्ने स्पष्ट गरे। मर्जरको सम्पूर्ण प्रक्रिया पूरा नहुँदासम्म एमटिएनएललाई बिएसएनएलकै सहायक कम्पनीका रुपमा राखिने छ।

मन्त्री प्रसादले दुबै कम्पनीलाई निजीकरण गर्ने वा बिक्री गर्ने भारत सरकारको योजना नरहेको बताए। उनले दुई वर्षभित्र बिएसएनएल नाफामूलक कम्पनीमा रुपान्तरण हुने विश्वास केन्द्र सरकारले लिएको पनि जानकारी दिए।

सार्वजनिक संस्थाका रुपमा सञ्चालित धेरै भारतीय उद्योग र व्यवसायले आर्थिक संकटको सामना गर्नुका साथै नयाँ योजना, कार्यक्रम र व्यावसायिक योजना नहुँदा निरन्तर संकटग्रस्त रहेको भन्दै आलोचना भएपछि सरकारले पछिल्लो कदम उठाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ