arrow

रक्सीले शरीरको तौल बढाउँछ !

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
bottles-and-glasses-of-alcohol.jpg.jpeg
एजेन्सी । यदी तपाईं नियमित रुपमा रक्सीको सेवन गर्नुहुन्छ भने मान्नुस् तपाईंको शरीरको तौल छिट्टै बढ्दै छ । ‘वल्र्ड क्यान्सर रिसर्च फन्ड’ (डब्ल्यूसीआरएफ)का अनुसार रक्सी सेवन गर्ने मासिनले आफ्नो शरीरका लागि खपत हुने कुल क्यालोरी मध्ये १० प्रतिशत क्यालोरी रक्सीबाटै लिने गर्छन् ।
 
यदी तपाई एक गिलास पूरा रक्सी सेवन गर्नुहुन्छ त त्यसले शरीरमा १ सय ७८ क्यालोरी उर्जा प्राप्त गर्नुहुन्छ । यो क्यालोरी चकलेटीवाला २ प्याकेट विस्कुट सेवनबाट प्राप्त हुने क्यालोरी बराबर हुने बीबीसीले जनाएको छ । यति क्यालोरी उर्जालाई शरीरमा सन्तुलित बनाउन तपाईलाई कम्तिमा आधा घण्टासम्म फूर्तिसाथ हिड्नुपर्ने हुन्छ ।
 
जब तपाई नियमित रुपमा बढी मात्रामा रक्सीको सेवन गरिरहनुभएको छ त तपाईंको शरीरको तौल द्रुत गतिमा बढ्ने गर्छ । तर, त्यसको लागि स्वीकृत ‘ब्रान्डेड’ रक्सी हुन जरुरी छ । डब्ल्यूसीआरएफले गरेको एक अध्ययन रिपोर्टले यस्तो देखाएको जनाइएको छ । तर, मानिस कहिल्यै पनि रक्सी सेवनले बढी क्यालोरी शरीरमा जम्मा हुनेपट्टि सजग नहुने गरेको जनाइएको छ । 
 
एक पुरुषलाई दिनमा २५ सय क्यालोरीको आवश्यकता पर्दछ जबकी एक महिलालाई दिनमा २ हजार क्यालोरी मात्रै आवश्यक पर्ने जनाइएको छ । रक्सीमा लगभग प्रतिग्राम ७ हजार क्यालोरी हुने गर्छ । यसभन्दा ज्यादा क्यालोरी बोसोमा मात्रै  हुने उल्लेख गरिएको छ । रक्सीको सेवनबाट स्तन, मुख, कलेजो क्यान्सरको खतरा बढी हुने गरेको पाइएको छ । बल्र्ड क्यान्सर फाउन्डेसनले एक यस्तो क्यालकुलेटर तयार गरेको छ जसले कति मात्रामा रक्सी सेवन गर्नाले तपाईंको शरीरमा कति क्यालोरी प्राप्त हुन्छ र त्यो उर्जा खपत गर्न तपाईंले कति काम गर्नुपर्छ भन्ने जानकारी दिन्छ ।
 
 बेलायतमा सरकारी निर्देशन अनुसार पुरुषले नियमित रुपमा ३ देखि ४ युनिट भन्दा बढी रक्सी सेवन गर्नु हानिकार हुन्छ । जबकी उक्त निर्देशनले महिलालाई २ देखि ३ युनिट बढी रक्सी सेवन नगर्न भनेको जनाइएको छ । समाचारका अनुसार ‘स्टान्र्डड’ गिलासमा लगभग १ सय ७५ मिलिलिटर रक्सी हुन्छ, जुन २ युनिट बराबर हुन्छ । जबकी ठूलो गिलासमा २ सय ५० मिलिलिटर रक्सी हुने गर्छ, जुन ३ युनिट बराबर हुने बीबीसीले उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ