arrow

यी हुन् आँखालाई बाहिर निकालेर भित्र छिराउन सक्ने व्यक्ति (भिडियोसहित)

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
jhondron.jpg.jpeg

एजेन्सी । विश्वका हरकोही मानिसमा अलग–अलग विशेषता हुन्छन् । फरक–फरक रुची, आचरण र बानी–ब्यबहारले नै एक मानिस अर्को भन्दा भिन्न देखिने गर्छ । तर, विश्वमा केही यस्ता मानिस पनि हुन्छन्, जसको विशेषता–क्षमता विचित्र किसिमको हुन्छ । त्यस्तै एक विशेष विशेषता भएका व्यक्ति मध्येका हुन्, इंग्ल्याण्डको लिभरपुलका जोन ड्योल । जोन आफ्नो आँखालाई थोरै बाहिर निकालेर पुनः भित्र छिराउन सक्छन् ।

जोनले आफ्नो यही क्षमताका आधारमा विश्व रेकर्ड बनाउने दाबी गरेका छन् । जोनले भिडियो सेयरिङ साईट यु–ट्युवमा एक भिडियो अपलोड गरेका थिए  । जसमा उनले आफ्नो यस्तो असाधारण क्षमता देखाउन खोजेका छन् । जुन भिडियो  यु–ट्युवमा निकै चर्चित भएको थियो । ३३ वर्षीय जोनको नाममा अहिले १२ मिलिमिटरसम्म आँखा बाहिर निकाल्ने सम्बन्धी रेकर्ड रहेको छ । जोनले आफ्नो यस क्षमतालाई अझ अगाडि बढाउन चाहेका जनाइएको छ । 

भिडियो हेर्नुहोस्ः



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ