arrow

९० बर्षका थापाले पहिलो पटक स्टुडियोमा गाए 'सोरठी'

logo
कौरव खत्री,
प्रकाशित २०७६ कार्तिक १० आइतबार
sorathi1.jpg

गुल्मी। गुल्मीका एक ९० बर्षीय बयोवृद्धले पहिलो पटक स्टुडियोमा पुगेर नयाँ सोरठी भाका ’शिरै चढाऊँला’ गीत गाएका छन् ।

चन्द्रकोट गाँउपालिका ५जोगिस्थान निवासी वयोवृद्ध गायक मन बहादुर थापाले नयाँ सोरठी भाकामा ’शिरै चढाऊँला’ भन्ने गितमा स्वर दिएका छन् उनीसँगै उनका छोराहरु भूपाल प्रसाद थापा,बावुराम थापा र साथमा चर्चित कलाकार सन्तु थापा र गिता पाइजा लगायतको सुमधुर स्वर रहेको छ । यस ’शिरै चढाऊँला’गितमा शब्द संकलन भने बयोवृद्ध गायक मन बहादुर थापाका छोरा भूपाल प्रसाद थापाले गरेका छन् ।

तिहार विशेष गाइने सोरठीलाई डिजिटल प्रविधिको अहिलेको जमानामा सदैव जिवित राख्न र पाकापुस्ताका कला गलाको संरक्षणमा सशयोग पुग्ने कलाकार सन्तु थापाले जानकाी दिए ।

सोरठीका गुरु भनेर गाँउघरमा चिनिने वयोवृद्ध मन बहादुर थापाले पहिलो पटक स्टुडियोमा पुगेर गित गाएर  रेकडिङ गरेका हुन । गत शुक्रवार युट\व मार्फत सार्वजनिक गरिएको भिडियोलाई  कलाकार सन्तु थापाले निर्देशन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ