arrow

हेलिकोप्टरबाट गोली प्रहार गर्दा नौ जनाको मृत्यु

logo
प्रकाशित २०७६ कार्तिक १० आइतबार
siriya2.jpg

दमास्कस । सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ । 

आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट (आईएस)सँग आबद्ध लडाकू रहेको अधिकारीहरुले जनाएका छन् । 

सिरियाको उत्तरपश्चिमी इड्लीब प्रान्तमा घटना भएको स्थानीय सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् । 

आइएस लडाकूहरुको समूह लुकेर बसेको भन्ने सूचनाका आधारमा सो गाउँमा अमेरिकी वायुसेनाले आक्रमण गरेको सरकारी अधिकारीहरुको भनाई छ । 

आइएस लडाकू रहेको घर र कारलाई लक्षित गरेर इड्लीब प्रान्तको बरिशा भन्ने गाउँमा आक्रमण भएको थियो । 

सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले आक्रमणमा परी आइएस लडाकूका नेता अबु बाकर अल बग्दादीको पनि मृत्यु भएको विश्वास गरिएको जनाएको छ ।

अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले गरेको आक्रमणमा परी अतिवादीहरुको समूहका केही नेता र सदस्यहरुको मृत्यु भएको जानकारी दिए । 

“बग्दादी मारिएका हुन् वा होइनन् भन्ने बारेमा पुष्टी गर्न सक्ने अवस्थामा छैनौं, तर उनी त्यही क्षेत्रमा लुकेर बसेको आशंका थियो,” उनले भने ।एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ