arrow

गुण्डाबिरुद्दको अपरेसनपछि जमुनाहाको सुरक्षा व्यवस्था कडा

logo
सन्दिप योगी,
प्रकाशित २०७६ कार्तिक १० आइतबार
bewasta-kada.jpg

बाँके। ईलाका प्रहरी कार्यालय जमुनाहाले सुरक्षा व्यवस्था कडा पारेको छ । नजिँकिदै गरेको तिहार आउँदा उछृङ्खल गतिविधि तथा अपराध हुनसक्ने भन्दै उच्च सुरक्षा व्यवस्था मिलाइएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक बिरबहादुर ओलीले गुण्डा बिरुद्दको अपरेसन चलाएपछि बाँकेको सुरक्षा व्यवस्था कडा भएको छ । त्यस्तै सिमानाकाबाट अवैध सामान, हतियार तथा पटाका चोरी पैठारी हुनसक्ने भएकोले प्रहरीले कडा जाँचपास गरिरहेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनहाका प्रहरी नायव निरिक्षकले माधव रिजालले कमाण्ड सम्हालेपछि सिमा नाकामा हुने चोरी पैठारी केही न्यून भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख बिरबहादुर ओलीले सुशासन कायम राख्न गुण्डा बिरुद्ध अपरेसन चलाएको र भारत नेपाल सिमा रुपैडियाहा नाकामा कडा निगरानी गरिएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ