arrow

फेसबुकका अर्बपति संस्थापकको सस्तो कार मोह

logo
प्रकाशित २०७६ कार्तिक १० आइतबार
zukerbug.jpg

काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरवर्गको विषयमा धेरै बताउनै पर्दैन । फेसबुक विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल कम्पनी हो । फेसबुकका संस्थापक जुकरवर्ग विश्वका छैठौं धनी व्यक्ति हुन् । अहिले विश्वका  प्रत्येक तीन जनामा एक जनाले फेसबुकको प्रयोग गर्छन् । जुकरवर्गसँग ६७ अर्ब डलरको सम्पत्ति छ ।

विश्वको छैठौं धनी व्यक्ति भए पनि जुकरवर्ग आफ्नो सादगी जीन्दगीको कारण चर्चित छन् । यहाँ जुकरवर्गबारे जोडिएका केही तथ्य उल्लेख गरिएको छ ।

मार्क जुकरवर्ग फेसबुक मात्र नभई इन्स्टाग्राम र वाट्सएपका पनि मालिक हुन् । यस्तोमा जुकरवर्ग करोडौंको कारमा नभई एक समान्य बजेटको कारमा यात्रा गर्छन् भन्दा पत्याउन गाह्रो पर्छ । तर, यो साँचो हो ।
 
जुकरवर्ग होण्डा फिट ह्याचब्याकमा यात्रा गर्छन् । भारतमा उक्त कार होण्डा जाजको नामबाट बिक्री हुने गरेको छ । जुकरवर्गले लामो समयदेखि यो कारको प्रयोग गर्दै आएका छन् ।

उनले प्रयोग गर्ने गरेको होण्डा फिटको मूल्य ३० हजार डलर छ । यस्तोमा जुकरवर्गको यो कारले विश्वका जोसुकैलाई चकित पार्नसक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ