arrow

शाहरुखको आलीशान विमान देखेर नायिका छक्क

logo
प्रकाशित २०७६ कार्तिक ११ सोमबार
saharuk-plane1.jpg

काठमाडौं । भारतीय फिल्मी क्षेत्रका केही स्टारहरु आफ्नो आलीशान घर तथा विमानको कारण चर्चामा रहने गरेका छन् । यस्तोमा केही स्टार यस्ता छन्, जसको विभिन्न समाचार बेलाबेलामा आइरहने गरेका छन् ।

यसरी चर्चा आउने एक स्टार शाहरुख खान पनि हुन् । उनले पनि पछिल्लो समय आफ्नो सवारीको कारण चर्चामा छन् । बलिउड अभिनेत्री स्वरा भास्करले उनको बारेमा  खुलासा गरेकी छन्।

स्वरा भास्करले एक अन्तर्वार्तामा शाहरुख खानको विमान निकै राम्रो रहेको बताएकी थिइन् । उनले शाहरुख खानको विमानको बाथरुम पनि १बीएचके बराबर रहेको बताएकी छिन् । उनले शाहरुखलाई समाचार हेर्नु राम्रो शोख रहेको बताएकी हुन् ।

स्वरा भास्कर पनि सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेकी छिन् । आफ्नो पोस्टको कारण उनले धेरैपटक ट्रोलर्सको पनि सामना गरिसकेकी छिन् । उनको शीर कोरमा नामको फिल्म आउँदै छ ।

शाहरुख खानसँग आफ्नो नीजि विमान रहेको छ । सो विमानमा उनका सहयोगि कलाकार देखिने गरेका छन् । शाहरुख आफ्नो विमानको प्रयोग चलचित्रको सुटिङ र प्रमोशनको लागि गर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ