arrow

ईयूको टोलीसंग मोदीले आतंकवादीलाई सघाउने देशबारे यसो भने

logo
प्रकाशित २०७६ कार्तिक ११ सोमबार
modi-eu.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादीलाई सघाउने देशलाई कडा कार्वाही गर्न आग्रह गरेका छन् । उनले युरोपियन युनियन ईयूका सांसदहरुको प्रतिनिधिमण्डलसंग भएको भेटमा जुन देशले सघाउँछ त्यस्तो देशलाई तत्काल कार्वाही गर्न सुझाव दिएका हुन् । 

ईयूको टिमसंग मोदीले कश्मीरको हालको अवस्थाबारे पनि चर्चा गरेका छन् । मोदीले आतंकलाई परास्त गर्न ‘शून्य सहनशीलता नीति’ अपनाउनु पर्ने बताए । 

अमेरिकी सांसदहरुले भारतीय राजदूत हर्षवर्धन श्रृंगलालाई पत्र लेखेर विदेशी पत्रकारलाई कश्मीर जाने अनुमति दिन आग्रह गरेका छन् । 

कश्मीरमा १४ अक्टुबरदेखि पोस्टपेड सेवा पनि सुचारु भएको छ । प्रतिबन्ध लगाएको ७० दिनपछि कश्मीरका १० जिल्लामा पोस्टपेड मोवाइल सेवा सुचारु भएको हो । 

ईयूको टोलीले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसंग पनि भेट गरेका छन् । 

ईयू टोलीले मंगलबार जम्मू–कश्मीरको यात्रा गर्न सक्ने समाचार एजेन्सी एएनआईले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ