arrow

 बत्ती पल्टिएर आगलागी, ७० भन्दा बढी तरकारी पसलमा पूर्ण क्षति

logo
प्रकाशित २०७६ कार्तिक ११ सोमबार
fire-final.jpeg

सम्बालपुर । उडिसाको एक सम्बालपुर नगरमा सोमबार बिहान लागेको आगलागीका कारण ७० भन्दा बढी तरकारी पसलमा पूर्णतया क्षति भएको छ ।         
     
सम्बालपुरको गोलबजारस्थित उक्त तरकारी बजारमा दिपावलीका अवसरमा बालिएको बत्ती पल्टिएर मध्यरात आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।     
     
आगलागीपछि वरपरबाट घटनास्थलमा पुगेका स्थानीय, सुरक्षाकर्मी तथा अग्नि नियन्त्रक अधिकारीले दमकलको सहयोगमा करिब दुई घण्टापछि आगोलाई नियन्त्रणमा लिएका थिए ।     
     
उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको बताइएको छ । सहायक अग्नी नियन्त्रक जितेन्द्र दासले भन्नुभयो, “घटनाबारे अनुसन्धान सुरू भैसकेको छ । आगलागीबाट भएको क्षति र आगलागीको कारणबारे विस्तृत विवरण अनुसन्धानपछि जानकारी हुनेछ । ।”   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ