arrow

भीष्म पितामाहको पूर्वजन्म

logo
महाभारत,
प्रकाशित २०७६ कार्तिक ११ सोमबार
Bhism-mahabharat.jpg

काठमाडौं ।महाभारतका सबैभन्दा महत्वपूर्ण पात्र मध्ये एक हुन् भीष्म पितामह। युद्धमा पितामहलेकौरवहरुको तर्फबाट युद्ध लडेका थिए । भीष्म पितामाह पूर्वजन्ममा वसु थिए ।शान्तनु र गंगाका आठ पुत्र नै आठ वसु हुन ।यीनीहरू तेत्तीसकोटि देवतामा पर्दछन ।

 महाभारतको आदि पर्वका अनुसार एक पटक पृथु, आदि, वसु आफ्नो श्रीमतीहरुसँग मेरु पर्वतमा घुमिरहेका थिए । मेरु पर्वतमा वशिष्ठ ऋषिको आश्रम पनि थियो ।

एक वसु श्रीमतीको आखाँ ऋषि वशिष्ठको आश्रममा बाधिएको नन्दिनी गाइमा पर्‍यो । उनले आफ्ना पति द्यौ नामक वसुलाई सो गाइ देखाइन् र उनले गाइ आफ्नो साथीहरुलाई चाहिएको बताइन् ।

श्रीमतीको कुरा मानेर द्यौले आफ्नो भाइहरुसँग सो गाइको हरण गरे । जब महर्षि वशिष्ठ आफ्नो आश्रममा आए तब उनले दिव्य दृष्टिबाट सबै कुराको जानकारी लिए । क्रोधित ऋषिले वसुहरुलाई मनुष्य योनीमा जन्म लिनुपर्ने श्राप दीए ।

जब सबै वसु ऋषि वशिष्ठसँग क्षमा माग्न थाले तब ऋषिले भने, 'तिमीहरु सबै वसुहरुको चाडै मनुष्य योनीबाट मुक्ति मिल्नेछ तर यो द्यौ नामक वसुले आफ्नो पाप कर्म भोग्नको लागि धेरै समयसम्म पृथ्वीलोकमा रहनुपर्नेछ र आजीवन ब्रह्मचारीको रूपमा जीवन बिताउनुपर्नेछ ।'

महाभारतका अनुसार द्यौ नामक वसुले गंगापुत्र भीष्मको रूपमा जन्म लिएका थिए । श्रापकोप्रभावले उनि लामो समयसम्म पृथ्वीमा रहे तथा अन्तमा इच्छामृत्युबाट प्राण त्यागे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ