arrow

देउवाद्वारा तिहार र नेपाल संवत्‌को शुभकामना

logo
प्रकाशित २०७६ कार्तिक १२ मंगलबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्धकार विनास गर्ने उज्यालोको चाड तिहारले नेपालको अभिशापका रुपमा रहेका सबै खालको अँध्यारोमाथि विजय पाउने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् । 

नेपालीहरुको महान् चाड तिहारको पाँचौ दिन भाइटिकाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उनले सबै नेपालीमा आशा, विश्वास, सत्कार्य र सकारात्मक भावनाको विकास गरी उज्यालोतिर अभिमुख गराउने विचार उत्पन्न गर्न सकोस् भन्ने कामना गरेका छन्। 

दिपावलीका अवसरमा  जारी गरेको शुभकामना सन्देशमा सभापति देउवाले “नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक वेषभूषासहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहीत बन्धुत्व भावले विविधताका बीचमा अनुपम एकता कायम गरेको छ । तिहारले पनि हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ,” भनेका छन् । 
     
तिहार अर्थात् यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइबीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको सन्देशमा उनले उल्लेख गरेका छन्।

साथै देउवाले नेपाल संवत् ११४० को सुखद अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
 
सभापतिले देउवाले जारी गरेको शुभकामना सन्देशमा वाग्मती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानकाल मानिएको तथा नेपाल संवत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको तथा नेपाल संवत्का प्रणेता शङ्खधर शाख्वाको योगदानलाई सम्झदै अति परोपकारी शाख्वालाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरिएको भनेका छन्। 

हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सक्यौं भने मात्र हाम्रो देशलाई शान्त, समृद्ध र समुन्नत राष्ट्रमा रुपान्तरण गर्न सकिने उल्लेख गर्दै उनले सन्देशमा नेपालको आफ्नै धर्तीबाट उठेको नेपाल संवत्को नयाँ दिनले नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्ने प्रेरणा र सन्देश सबैमा मिलोस् भन्ने कामना गुरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ