arrow

अग्रिम चुनावको प्रस्ताव पारित गराउन जोनसोन असफल

logo
एएफपी,
प्रकाशित २०७६ कार्तिक १२ मंगलबार
Johnson-britain-brexit.jpg

लण्डन। समयअगावै आमनिर्वाचन गराउने प्रस्ताव पारित गराउन बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन असफल भएका छन्। बेलायतको तल्लो सदन हाउस अफ कमन्सले अग्रिम निर्वाचन सम्वन्धी प्रधानमन्त्री बोरिसको प्रस्ताव मङ्गलबार अस्वीकृत गरेको हो।

प्रधानमन्त्री जोनसोनले डिसेम्बर १२ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए। संसद्मा भएको मतदानमा प्रधानमन्त्रीको प्रस्तावको पक्षमा २९९ मत मात्र परेको थियो। 

प्रधानमन्त्रीको प्रस्ताव पारित हुनका लागि कुल ४३४ मत आवश्यक पर्नेमा २९९ मत मात्र परेकोले उहाँको प्रस्तावको विपक्षमा भने ७० मत खसेको थियो।

मतदानअघि संसद्मा बोल्दै प्रमुख प्रतिपक्षी नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री जोनसोनलाई विश्वास गर्न नसकिने बताएका थिए। 

प्रधानमन्त्री जोनसोनले यसअघि युरोपेली सङ्घका नेताले बेलायत ईयूबाट बाहिरिने ब्रेक्जिटको समयसीमालाई आगामी जनवरी ३१ तारिखसम्मका लागि लम्बाउन सैद्धान्तिक सहमति दिएको सार्वजनिक भएको थियो। 

नयाँ ब्रेक्जिट प्रस्तावमा बेलायतको संसद्मा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री जोनसोनले समयसीमा लम्बाउन ईयूलाई अनुरोध गर्न बाध्य भएका थिए। 

प्रधानमन्त्री जोनसनले कुनै सम्झौता भएनभए पनि ३१ अक्टोबरको समयसीमाभित्रै ईयूबाट बेलायत बाहिरिसक्ने दावी गर्दै आएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ