arrow

फिलिपिन्समा शक्तिशाली भूकम्प

logo
एएफपी,
प्रकाशित २०७६ कार्तिक १२ मंगलबार
philipinesearthquake.jpeg

मनिला। दक्षिण फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्प गएको छ। यस भूकम्पका कारण दुई व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति घाइते भएका अधिकारीहरुले बताएका छन्। भूकम्प धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो। भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ। 

फिलिपिन्समा वर्षैभरि पटकपटक भूकम्प जाने गरेको छ। यहाँ बर्सेनि भूकम्पका कारण जनधनको क्षति हुने गरेको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार यो भूकम्प ६.६ म्याग्नीच्यूडको थियो। यसलगत्तै अरु ५.८ म्याग्नीच्यूडको परकम्प जानुका साथै अरु ससाना परकम्पहरु पनि गएका थिए।

पटकपटक परकम्प गएका कारण स्थानीयवासीमा तनाव सिर्जना भएको थियो। मानिसहरु पुनः शक्तिशाली भूकम्प आउने भयका कारण घरभित्र जान समेत डराएका थिए। भूकम्पका कारण स्थानीय प्रशासनले स्कुलहरु बन्द गराएको छ। 

दुई साताअघि पनि फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै दर्जनौं भवनमा क्षति पुगेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ