arrow

इराकी कर्बलामा १८ जना प्रदर्शनकारीको मृत्यु

logo
एपी,
प्रकाशित २०७६ कार्तिक १२ मंगलबार
iraq-voilence.jpg

बग्दाद। इराकको कर्बालास्थित शिते शहरमा प्रदर्शनकारी विरुद्ध भएको कारबाहीमा १८ जना प्रदर्शनकारीको मृत्यु भएको एक इराकी अधिकारीले बताएका छन्।

ती अधिकारीले उक्त घटना मंगलबार बिहानै भएको जनाएका छन्। इराकमा लगातार पाँच दिनदेखि सरकार विरुद्ध प्रदर्शन भइरहेको छ। इराकमा भ्रष्टाचार बढेको, सेवासुविधामा कमी आएको तथा अरु समस्या भोग्नु परेको भन्दै जनविद्रोह जारी छ।

नाम बताउन नचाहने एक जना प्रत्यक्षदर्शीले कारमा हिँडिरहेका प्रदर्शनकारीलाई लक्षित गरी सादा पोशाकका सुरक्षाकर्मीले गोली चलाएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ