arrow

नचिकेताले यमराजलाई द्वारमा कुरेर के माग्छन् ?

logo
ज्ञान,
प्रकाशित २०७६ कार्तिक १२ मंगलबार
yamaraj_(2).jpg

काठमाडौं । मंगलबार तिहारको अन्तिम दिन भाइटीका हो । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई विशेष महत्व दिएर सकिएको छ। परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित  गरेको पाइन्छ। दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। 

यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ।

उपनिषदमा एक दृष्टान्त छ नचिकेता यमराज भएको ठाँउमा जान्छन् । जानुको कारण उनलाई उनका बुवाले दान गरिदिएका थिए यमराजलाई । जब दान गरियो तव उनि यमराज भएको ठाँउ जान्छन् र तीन दिनसम्म उनको द्वारमा बसेर उनलाई पर्खिन्छन्।

तीन दिनपछि यमराज आउछन् र भन्छन्, 'छोरा मानिसहरु त मसँग भयभित हुन्छन् कोहि पनि मसँग आउदैनन् तर म भएको ठाँउमा आएर तीन दिनसम्म भोक तिर्खा सहेर तिमिले मलाई पर्खियौं। यसबाट म बढो प्रसन्न भए। तिमि मसँग तीन वर माग, तिमिले जे माग्छौ त्यो दिनेछु ।'

तब वरमा नचिकेताले भने, ' महाराज मलाई आत्माको ज्ञान 'आत्मज्ञान' दिनुहोस ।' तब यमराज भन्छन्,' नचिकेता तिमि छोरा माग, श्रीमती माग, संसारका सारा सम्पदा माग जे सुकै माग म दिन्छु तर आत्मज्ञानको चर्चा नगर यस वाहेक तिमि अन्य जे सुकै माग ।'

भन्नुको मतलब सबै प्रकारको भौतिक सम्पदाको उपलब्धिहरु जो मानव हासिल गर्न सक्छ, मानव धन कमाएर बिल गेट्स पनि बन्न सक्छ। शहंशाह पनि बन्न सक्छ यी सबै उपलब्धिहरु नचिकेताले पाइरहेका थिए। सबै प्रकारको यी क्षणिक संसारीक सुख उनलाई मिलिरहेको थियो तर यी सबै बस्तुलाई ठुकराएर उनि भन्छन्,' होइन महाराज मलाई केवल आत्माज्ञान चाहिन्छ। जे सुकै चीज तपाई मलाई दिइरहनुभएको छ, वैभवको रुपमा धनको रुपमा सम्पत्तिको रुपमा यी सबै त यहि छुट्नेछ, यी सबै नश्वर हुन् । मलाई त्यो धन चाहिन्छ जुन अविनाशी छ जुन मसँगै जानेछ, जुन कुनै पनि कालमा नाश हुनेछैन । अत कृपा गरेर मलाई त्यो आत्मज्ञान दिनुहोस जसबाट मेरो उद्दार होस ।'

त्यस समय उनको हठ देखेर यमराजले निकै प्रसन्न हुदै आत्मज्ञान प्रदान गरे । नचिकेताले यमराजसँग आत्मज्ञान मागे उनले अरु कहि मागेनन् तर आज हामी सन्तसँग के माग्छौ महाराज मलाई छोरा दिनुहोस। छोरा मिल्यो तर जब उसले बुवालाई फुटबल जसरी हैरान गर्न थाल्छ तब भन्छौ, 'महाराज यसले मेरो दुर्गति गर्‍यो अब यसो गर्नुस मेरो छोरा घरबाट बाहिर जाओस ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ