arrow

निर्मलले राखे अनौठो पर्वतारोहण किर्तिमान

logo
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
Nirmal-purja1.jpg

काठमाडौं । नेपाली पर्वतारोही निर्मल पुर्जाले आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल सात महिनामा आरोहण गरेर नयाँ किर्तिमान राखेका छन्। उनी पुर्व बेलायती जलसेना पनि हुन्।

मंगलवार पुर्जाले चीनको शिशापङ्मा हिमाल आरोहण गरेर किर्तिमान राखेका हुन्। उनले ट्विटर मार्फत ‘मिसन अचिभ्ड’ भन्दै आफ्नो खुशीयाली बाँडेका थिए। ३६ बर्षिय पुर्जाले सबै आठ हजार मिटर अग्ला हिमाल छोटो समयमा आरोहण गरेको किर्तिमान कायम गरेका हुन्।

यसअघि पोल्याण्डका जर्जी कुकुजाले ८ बर्ष लगाएर १४ वटै हिमाल आरोहण गरेर रेकर्ड बनाएका थिए। कुकुजाले उक्त रेकड १९८७मा बनाएका थिए।

पुर्जाले अप्रिल २०१९मा आफ्नो अभियान नेपालबाट शुरु गरेका थिए। उनले सगरमाथा मे महिनामा सगरमाथा आरोहण गरेका थिए।

उनले नेपालका अन्नपूर्ण, धवलागिरी, कञ्चनजंघा, सगरमाथा, ल्होत्से, मकाल, मनास्लु आरोहण गरेका थिए। त्यसैगरि पाकिस्तानका नांगा पर्वत, गासबु्रम एक, गासब्रुम दुइ, के–टू, ब्रोड पि हिमाल आरोहण गरेका थिए भने चिनको चो यू, शिशिपाङ्मा हिमाल आरोहण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ