arrow

ट्वीटरको निर्णयले मच्चियो हलचल 

logo
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
twitter.png

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरले हलचल मच्याउने गरी निर्णय गरेको छ । ट्वीटरले राजनीतिक विज्ञापनलाई पूर्ण रुपले प्रतिबन्ध लगाउने निर्णय गरेसंगै हलचल मच्चिएको हो । ।

ट्वीटरका सीइओ ज्याक डोर्सीले ट्वीटरलाई राजनीतिक विज्ञापनको माध्यम बन्न नदिने बताएका छन् । 

Twitter CEO Jack Dorsey arrives at the "Tech for Good" Summit in Paris, France May 15, 2019.

उनले इन्टरनेटमार्फत गरिने विज्ञापन निकै प्रभावककारी हुने र यो व्यापारका लागि ठीक भए पनि राजनीतिमा यसले ठूलो जोखिम ल्याउने तर्क गर्दै अब यस्तो गर्न नदिने बताएका हुन् । 

विकसित मुलुकहरुले सामाजिक संजाललाई प्रचारप्रसारको मुख्य हतियार बनाउँदै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत नै आफ्ना निर्णयहरु सार्वजनिक गर्छन् । 

अमेरिकामा निर्वाचन आउँदै गर्दा ट्वीटरले गरेको निर्णयले ठूलो धक्का पुग्ने अनुमान हुन थालेको छ । ट्रम्पका चुनावी प्रचार प्रमुख ब्रेड पास्कलले ट्वीटरको निर्णय राष्ट्रपति ट्रम्प र कन्जरभेटिभ पार्टीलाई कमजोर गराउने निर्णय भएको आरोप लगाएका छन् । अमेरिकामा चुनावको प्रचारप्रसार सुरु भइसकेको छ । 

यो प्रतिबन्ध आगामी नोभेम्बर २२ देखि कार्यान्वयनमा आउने बताइएको छ ।

अर्को सामाजिक संजाल फेसबुकले भने राजनीतिक विज्ञापनलाई बन्द नगर्ने घोषणा गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ