arrow

मुर्ती बिसर्जनको क्रममा झडप र कर्फ्यूमा गोली प्रहार

logo
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
Kapilvastui-hamrakura.jpg.jpeg

कपिलवस्तु। कृष्णनगरमा लक्ष्मी मुर्ती बिसर्जन गर्ने क्रममा झडप भएपछि स्थानीय पर्शासनले कर्फ्यू आदेश जारी गरेको छ। बिहान ११ बजेदेखि अर्को सुचना प्रकाशीत नभएसम्म कर्फ्यू जारी रहने प्रशासनले जनाएको छ।

भन्सारको उत्तर ७०० मिटर र पश्चिम तर्फ ३०० मिटर क्षेत्रमा कर्फ्यू जारी गरिएको छ। कर्फ्यू तोड्ने क्रममा स्थानीय एकको मृत्यु भएको जनाईए पनि प्रशासनले पुष्टी गरेको छैन। कर्फ्यूमा पनि झडप जारी रहेपछि प्रहरीले गोली चलाएको थियो।

बढ्दो तनावलाई नियन्तर्ण गर्न प्रहरीले अश्रु ग्याँस चलाएर पनि स्थिती नियन्त्रणमा नआए पछि गोली चलाएको बुझएको छ।

मुर्ती बिसर्जनको क्रममा दुई समुदाय बिच झडप हुँदा त्यस्तो स्थिती सृजना भएको प्रशासनले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ