arrow

एमसीसी विरुद्ध पारस खड्काले एक दिवसीय मात्रै खेल्ने, यस्तो छ टीम

logo
हाम्रा कुरा
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
paras-khadka.jpg.jpeg

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सित काठमाडौंमा खेल्ने नेपाली टिमको घोषणा हुँदा सबैभन्दा चासोका रुपमा हेरिएका खेलाडी पारस खड्का भने एक दिवसीय खेलका लागि मात्र छनोट भएका छन् । 

बिहीबार तीन वटै फर्म्याटका खेलका लागि घोषित खेलाडीमा पारसको नाम ५० ओभरको खेलमा मात्र रहेको छ । उनले कप्तानीबाट राजीनामा दिएपछि पहिलो पटक १० वर्षको अवधिमा गैर कप्तानीका रुपमा एक दिवसीयमा खेल्नेछन् । 

यो खेल नोभेम्बर ४ तारिख (सोमबार, कार्तिक १८ गते) टीयू मैदानमा हुनेछ । तीनवटै फर्म्याटको कप्तानीको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । उनलाई बुधबार मात्रै नेपाल क्रिकेट संघले कप्तान तोकेको हो । 

शुक्रबार आउँदै गएको एमसीसीको टिमले आइतबार नेपालको यु–१९ टिमसंग एक दिवसीय खेल खेल्नेछ । 

सोमबार नेपालको राष्ट्रिय टिम र एमसीसीबीच खेल हुनेछ । त्यस्तै नोभेम्बर ६ देखि ८ सम्म तीन दिने फस्ट क्लास क्रिकेट हुनेछ । 

एमसीसीले अन्तिम खेल नोभेम्बर ९ मा नेपालको राष्ट्रिय र यु–१९ को संयुक्त टिमसंग खेल्नेछ । 

यस्तो छ टी–२० टीम
ज्ञानेन्द्र मल्ल (कप्तान) 
आरिफ शेख
अमित श्रेष्ठ
अविनाश बोहोरा
विनोद भण्डारी
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
करण केसी
कुशल भुर्तेल
ललित राजवंशी
पवन शर्राफ
सन्दीप जोरा
सन्दीप लामिछाने
सोमपाल कामी
सुसन भारी

५० ओभरको खेलको टिम 
ज्ञानेन्द्र मल्ल (कप्तान) 
आरिफ शेख
बसन्त रेग्मी
विक्रम शोब
विनोद भण्डारी
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
इशान पाण्डे
करण केसी
ललित राजवंशी
पारस खड्का
रोहितकुमार पौडेल
सन्दीप लामिछाने
शरद भेषावकर
र सोमपाल कामी 

तीन दिवसीय फस्ट क्लास क्रिकेटको टिम  
ज्ञानेन्द्र मल्ल (कप्तान) 
आरिफ शेख
बसन्त रेग्मी
विनोद भण्डारी
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
जितेन्द्र मुखिया
करण केसी
ललित राजवंशी
पवन शर्राफ
राजु रिजाल
रोहित पौडेल
सन्दीप लामिछाने
शरद भेषावकर
र सोमपाल कामी ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ