arrow

भारत–बंगलादेश खेलमा समस्या, गांगुली र गम्भीरबीच तर्कवितर्क 

logo
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
saurav-ganguly.jpg

काठमाडौं । भारत र बंगलादेशबीच आइतबार हुने पहिलो टी–२० क्रिकेट संकटमा परेको छ । दिलीको अरुण जेट्ली स्टेडियममा हुने उक्त खेल प्रदूषणका कारण संकटमा परेको हो । 

बिहीबार मात्रै प्रदूषणका कारण बंगलादेशी ब्याट्सम्यान लिटन दासले स्टेडियममा मास्क लगाएर अभ्यास गरेका थिए । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले पछिल्ला केही दिनदेखि दिल्लीका अधिकारीसंग कुरा गरिरहेको र खेल समयमै हुनेमा आशावादी रहेको बताए । 

उनले अन्तिम समयमा आएर खेल रद्द गर्न नसक्ने बताएका छन् । तर पूर्व क्रिकेटर एवं दिल्ली सांसद गौतम गम्भीर भने जबसम्म प्रदूषणको स्थिति नियन्त्रणमा आउँदैन तबसम्म कुनै खेल हुन नहुने अडानमा देखिएका छन् । 

गांगुलीले दिपावलीपछि उत्तर भारतमा केही समय मुस्किल हुने बताएका छन् । धुलोका कारण समस्या हुने भए पनि उनले खेल भने रद्द गर्न अप्ठेरो पर्ने उनको भनाइ छ । 

गांगुलीले भविष्यमा कुनै खेल गर्नुअघि उत्तर भारतका लागि विशेष व्यवहारिक भएर सोच्ने पनि बताउका छन् । 

दिल्लीमा वायु प्रदूषणको ५०० सम्म पुगिसकेको छ । यसलाई खराव मानिन्छ । त्यसैले पनि त्यहाँका सांसद एवं पूर्व क्रिकेट गम्भीरले जबसम्म प्रदूषणको स्थितिमा सुधार हुँदैन तबसम्म कुनै खेल गराउन नहुने अडानमा रहेका छन् । 

अन्य खेलाडीहरुले पनि यो खेललाई लिएर चिन्ता व्यक्त गरेका छन् । बंगलादेशले तीन खेलको टी–२० सिरिज भारतमा खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ