arrow

कट्टरवादी जमाल साहको कारण कृष्णनगरको परिस्थिति विग्रिएको आरोप, एकको मृत्यु

पाकिस्तानबाटै मुस्लिम शिक्षा अध्ययन गरेर आएपछि झनै भए कट्टर

logo
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
suraj-panday-kapilvastu.jpg

कपिलवस्तु। हिन्दु समुदायले आयोजना गरेको लक्ष्मी विसर्जनका क्रममा अवरोध गरेर कृष्णनगरका केहि कट्टरवादी सोच भएकाहरुले परिस्थितिलाई भड्काएको स्थानियहरुले आरोप लगाएका छन्। 

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको लक्ष्मी विसर्जनमा असहिष्णु धार्मिक व्यवहार देखाउनेहरुले परिस्थितिलाई भड्काएर दंगाको स्थिति बनाएको आरोप लगाएका हुन्।

खासगरि जामिया साल्फिया, लाहोर पाकिस्तानबाट अध्ययन गरेर आएका जमाल शाहको कारणले कपिलवस्तुमा धार्मिक सद्भाव विगार्ने अवस्था सिर्जना भएको एक स्थानिय प्रदिप कुर्मीले बताए। पाकिस्तानबाट मुस्लिम अध्ययन गरेर आएपछि उनले धार्मिक कट्टरता बढाउने गतिविधी गर्दै आएका छन्। 

आफ्नो घरको अगाडीबाट लक्ष्मीपूजाको विसर्जन यात्रा गरिनुहुन्न भन्ने दम्भ भरिएको अडान लिएका जमालले मच्चाएको उत्पातले परिस्थिति अनियन्त्रित भएको कुर्मीले बताए। उनले जमाल साहलाई पक्राउ गरेर कडा कारबाही गर्न माग गरेका छन्।

लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बन्दा प्रहरीको गोली लागेर कृष्णनगर नगरपालिका वडा नं २ का २० बर्षिय सुरज पाण्डेयको मुत्यु भएको थियो। 

बुधबार साँझदेखि सुरु भएको विवादले विहिबार विहान झनै ठूलो रुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको थियो।

मूर्ति विसर्जन गर्ने क्रममा रुटको विषयलाई लिएर स्थानीय हिन्दु र मुस्लिम दुई समुदायबीच विवाद भएको थियो ‍।

गत बर्षपनि कृष्णनगरमा दुर्गा पूजाको मूर्ती विसर्जनका बेला यस्तै कर्फ्यु जारी गरिएको थियो । बेला बेला कृष्णनगर क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदै आएको छ ।

साहकै नेतृत्वको मुस्लिम समुदाय आफ्नो क्षेत्रबाट हिन्दु समुदायको दुर्गा र लक्ष्मी विसर्जन गर्न दिन अवरोध गर्दै आएको छ भने स्थानिय हिन्दुहरुले परम्परागत बाटो प्रयोग गर्न पाउनु पर्ने बताउँदै आएको छ। 

लक्ष्मी विसर्जन गर्न गएका पाण्डेयको प्रहरीको गोली लागि मुत्यु, कृष्णनगर क्षेत्रमा कर्फ्यू



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ