arrow

करणी कसुरमा मुद्दा परेका महरा अदालतमा उपस्थित 

logo
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
MAHARA.jpg

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा बलात्कार सम्बन्धी कसुरमा मुद्दा लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरा अदालतमा उपस्थित भएका छन् । 

उनी शुक्रबार बिहान १० बजे अदालतमा उपस्थित हुने भनिए पनि पौने घण्टा ढिला गरी अदालतमा उपस्थित भएका हुन् । 

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । 

काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो। उक्त उपदफामा कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ।

निवर्तमान सभामुख महरालाई पछिल्लो पटक गत कात्तिक ७ गते थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरिएको थियो। जुन बिहीबार सकिएको थियो। अदालतमा बहस भएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने फैसला हुनेछ।

उनको केही बेरमै बयान लिने जनाइएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि गत असोज १२ गते महराले बलात्कार प्रयास (रोशनी शाहीले हाम्राकुरालाई भने सोमबार बलात्कार भएको जानकारी दिएकी थिइन्) गरेका थिए । 

हाम्राकुराले यो समाचार असोज १३ गते राखेको थियो भने १४ गते महराले सभामुखबाट राजीनामा दिएका थिए । 

रोशनीले बयान फेरे पनि पछि बलात्कार नभई प्रयास भनी उजुरी दिएका आधारमा प्रहरीले असोज १९ गते सभामुखको सरकारी निवासबाट महरालाई पक्राउ गरेको थियो । 

महरा बिरामी भएको भन्दै नर्भिक अस्पतालमा उपचाररत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ