arrow

हतियारसहित ६ तरुण नेता पक्राउ, तरुण भन्छ : प्रहरीले आफैले लगेको हतियार गाडिबाट बरामद

logo
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
Tarun_Dal_convention1.jpg

बाँके । बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित छ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते रिसोर्टबाट शनिबार राति करीब ९ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाली काङ्ग्रेस निकट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहसहित ६ जना रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

उनका अनुसार रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा१८च ४२११ नंको मारुती सुजुकी कारको बायाँ तर्फको सिटमा फल्ट बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा शाहसहित दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगर रहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी तरुण दल नगर सभापति शाह निर्माण व्यवसायीसमेत हुन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए।

 नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाह, दिनेशकुमारी शाही ,राघव शाह पृतन थापा माधव नेपाली र यमबाहादुर बुढामगरलाई शान्तिपूर्ण रुपमा आफ्नो घरायसी छलफलमा रहेकै अवस्थामा  आततायी  सरकारका अराजक प्रवृतीका प्रहरुीद्वारा  नमस्ते भिलेज  रिसोर्ट कोहलपुरबाट  अमानवीय दंगले पक्राउ गरेको तरुण दलले  जनाएको छ । दलका अध्यक्ष जित जंग बस्नेतले विज्ञप्ति जारी गर्दै घटनाको ध्यानाकर्षण जनाएका छन् ।

बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'लोकतन्तवादी तरुणलाई विभिन्न झुठा बहानामा पक्राउ गरी फसाउने र दुख दिने वर्तमान आसिष्ट कम्युनिष्ट सरकार र यसका भ्रष्ट प्रहरीको निरन्तरता स्वरुप भएको तरण नेता सन्दिप जंग शाह लगायतको पक्राउको घटनाको नेपाल तरुण दल केन्द्रीय समिति घोर निन्दा गर्दछ ।'

प्रहरीले आफैले लगेको हतियार तरुण नेता सन्दिप जंग शाहको गाडिबाट बरामद भएको भनि झुठा बहाना बनाइ फसाउन र सामजिक आतंक सृजना गर्ने र लोकतन्त्रवादी तरुणलाई दुख दिन गरिएको बस्नेतले बताए । उनले शाह लगायतलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

तरुण दलले घटना स्थलमा पुगी निर्दोष तरुण नेतलाई पक्राउ गरी फसाउन झुठा प्रपन्च रच्ने प्रहरीलाई हदैसम्मको कारबाहीको माग गरेको छ । साथै हतियारमा औलाको छाप तत्काल जाच गरी सत्यतथ्य बाहिर ल्याउन भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ