arrow

खुश्वु ओलीलाई सदस्य सचिवको दाइजो दिने तयारी!

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
kp-khusbu-oli.jpg.jpeg
काठमाडौं। प्रहरी इन्काउण्टरमा मारिएका एकताकाका चर्चित गुण्डा नाइके दिनेश अधिकारी 'चरी' सँग नाम जोडिएर चर्चामा रहेकी झापाली चेली खुश्वु ओलीप्रति अहिले झापाली नेताहरु दाहिना हुन थालेका छन्। गत फागुन २९मा काठमाडौं रामकोटका सन्तोष कार्कीसँग लगनगाँठोमा गाँस्ने काम कुरा छिनेकी खुश्वुलाई अहिले झापाली प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री सीपी मैनाली दाहिना हुन लागेका हुन्। एमालेका अध्यक्ष समेत रहेका ओली र नेकपा मालेका महासचिव समेत रहेका मैनाली दुबै दाहिना हुने भएपछि झापाली चेली अहिले दौडधुपमा छिन। उनको यो दौडधुप भने अरु कारणले नभइ आफूप्रति आफ्ना जिल्लाका नेताहरु दाहिना भएको बेलामा महत्वपूर्ण लाभको पद लिनको लागि हो। खुश्वुले चाहेको त्यो लाभको पद अरु नभएर देशभरिकै सामाजिक गैरसरकारी संस्थाहरुको नियमन र अनुगमन गर्ने समाज कल्याण परिषदको हो।
 
झापाली चेली खुश्वुको आँखा भने त्यहि पदमा रहेको छ। यसका लागि उनले आफ्नो विवाहको कामकुरा सकाएको दिनदेखि दौडधुप बढाएकी हुन्।
समाज कल्याण परिषदमा हाल उपाध्यक्ष, सदस्य सचिव र कोषाध्यक्ष पद रिक्त रहेको छ। त्यसमध्ये सदस्य सचिव कार्यकारी पद हो। झापाली चेली खुश्वुको आँखा भने त्यहि पदमा रहेको छ। यसका लागि उनले आफ्नो विवाहको कामकुरा सकाएको दिनदेखि दौडधुप बढाएकी हुन्। यतिखेर उनी कहिले प्रधानमन्त्री ओलीकहाँ त कहिले उप-प्रधानमन्त्री मैनालीकहाँ भ्याइ नभ्याइ गरि दौडिरहेकी छिन। समाज कल्याण परिषद उपप्रधानमन्त्री मैनालीको नेतृत्वमा रहेको महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गत छ। त्यहाँ मैनालीले आफू अनुकुल कार्यकारी ल्याउन चाहेका छन्। खुश्वुले यसका लागि मैनालीलाई मनाउन लागिपरेकी छन्। उनले आफ्नो प्रस्ताव लैजान मैनालीलाई मनाउने र त्यसमा एमालेको विरोध नहोस भनेर केपी ओलीलाई पनि भनेकी छन्। केपी ओलीसँग नाता पर्ने बताइएकी खुश्वुले उनलाई आफ्नो विवाह अघी दिइएको पार्टीमा पनि निम्त्याएकी थिइन। याक एण्ड यती होटलमा भएको सो भोजमा केपी ओली करिव डेढ घण्टा नै बसेका थिए। सो भोजमा पनि खुश्बुको महत्वाकाँक्षाको पद समाज कल्याणको सदस्य सचिवमा उनी आउन सक्ने चर्चा भएको थियो। कतिपयले केपीले खुश्वुलाई दाइजोमा सदस्य सचिव पद दिन खोजेको टिप्पणी पनि गरे।
 
परिषदका अधिकारीहरु कार्यकारी तहको सदस्य सचिवले देशभरिका आइएनजिओ र एनजिओको समन्वय गर्नुपर्ने जिम्मेवारी हुने हुँदा अनुभव नभएका व्यक्तिलाई सो पद सहज नहुने बताउँछन्। त्यसमाथि खुश्वुको त्यहाँ आगमन भएमा त्यो उनका लागि पनि सहज नहुने बुझाइ धेरैको छ। तर सरकारले चाहेमा उनको नियुक्ती हुन पनि सक्छ। तर उनकै लागि भने कोषाध्यक्षको पद उपयुक्त हुने बुझाइ तिनिहरुको छ। तर सदस्यसचिव वनाएपनि हामी के गर्न सक्छौ र उनीहरुको भनाई थियो। तर मालेले सम्हाल्दै बएको मन्त्रालय अन्तर्गतको परिषदमा विवादास्पद व्यक्तिलाई ल्याउन नहुने दवाव पनि माले पार्टीभित्र छ। 
 
सामाजिक संघसंस्थामा उनको सक्रियता भनेको सेल्टर नेपालसँग छ। जहाँ उनले केहि वालवालिकालाई आश्रय दिएर राखेकी छन्। कुनै समयका आफ्ना प्रेमी अर्पण कोइरालाका पिताले शुरु गरेको संस्था ह्युमन वेलफेयर ग्रुपसँग पनि उनको सम्वन्ध थियो। उनीहरुले गरेको सामाजिक कामको प्रशंसामा खुश्वुका पिता श्यामसुन्दरले प्रशंसा समेत गरेका थिए। सपना आमा घरको काम खुश्वु संलग्न थिइन। झापामा रिक्सा वितरणको काम कोशीका डुवान पिडितको सहयोगमा समेत खुश्वु संलग्न रहेको उनीहरुले जारी गरेको एक भिडियोमा देखिन्थ्यो। खुश्वु सो संस्थाको उपाध्यक्ष थिइन। 
 
खुश्वुलाई केन्द्रमा राखेर सन् २०११ मा तयार गरिएको एक भिडियोमा उनको कामको तारिफ गरिरहँदा उनका तत्कालिन प्रेमी अर्पणको पनि तारिफ गरिएको थियो। उनै खुश्वु त्यतिखेर सम्म समाजसेवामा इच्छा राख्ने एक मोडलका रुपमा मात्र चिनिन्थिन। धार्दिङका दिनेश अधिकारी 'चरी' २०७१ साउनमा प्रहरी मुठभेडमा मारिएपछि उनै खुश्वु आम पात्र भन्दा फरक रुपमा चिनिएकी थिइन। 
 
गत वर्ष साउनमा प्रहरीको मुठभेडमा मारिएका दिनेश अधिकारी 'चरि'को गलफ्रेन्डका रुपमा खुवै चर्चामा आएकी खुश्बु ‍‍‌ओलीको लगनगाँठो २०७२ फागुन २९मा वाँधिएको थियो। उनको काठमाडौं रामकोटका सन्तोष कार्कीसँग लगनगाँठो गाँसिएको हो। याक एण्ड यति होटलमा भव्य पार्टीसहित उनीहरुलाई आर्शिवाद दिन परिवारजन तथा इष्टमित्रको ठूलो भिड लागेको थियो। बेलायतमा बस्दै आएका कार्की र ओलीको विवाहको मिति टुङगो नभएपनि उनीहरु निकट भविष्यमै विवाह वन्धनमा वाँधिन लागेको बताइएको छ। 
 
मोडलिङ पृष्ठभुमिकी खुश्बु त्यसयता अर्पण र चरीसँगको प्रेम सम्बन्धका कारण पनि सञ्चार माध्यममा छाएकी थिइन्। २०७१ साउन २१ मा प्रहरी 'इन्काउण्टर'मा दिनेश अधिकारी 'चरी' मारिएपछि उनले त्यस घटनालाई लिएर निकै मिडियावाजी गरेकी थिइन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ