arrow

नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने ४ जना प्रहरी हिरासतमा 

logo
मुरली गोडिया,
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
network-business-thief.jpg

गुलरिया।बर्दिया। नेटवर्किङ व्यवसायका नाममा सोझा साझा गाँउका सर्वसाधारण जनतालाई ठगी गरेको आरोपमा ४ जना प्रहरीको नियन्त्रणमा परेका छन्। भारतमा रहेको नेटवर्किङ व्यवसायलाई नेपालका विभिन्न जिल्लामा बिस्तार गरि ठगी गरेको आरोपमा बर्दिया प्रहरीले चार जनालाई नियन्त्रण लिई शनिबार विहान पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।

गुलरिया नगरपालिका ४ का विवेक थारू, वडा ५ का प्रजय चौधरी, बारबर्दिया नगरपालिका ७ बस्ने दिपक चौधरी र राजापुर नगरपालिका वडा नं ३ बस्ने आशा थारूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए। 

कम्पनीले विभिन्न बहाना बनाई नेपालीलाई ठगी गरेको र हाल सम्म बाँके, बर्दिया, कैलाली, दांग र कंचनपुर जिल्लाका गरि करिव २ सय जना पिडित व्यक्तिहरुलाई उद्धार गरि उनीहरु मार्फन नै जानकारी लिई उक्त कम्पनीको एजेन्टका रूपमा काम गरी रहेका चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पछिल्लो समय नेटवर्किङ ब्यवसाय सञ्चालन गरेर नेपालका विभिन्न जिल्लामा सर्वसाधारण ठगीन थालेको उजुरी तथा सुचना प्राप्त गर्न थाले पछि प्रहरीले नेटवर्किङमा संलग्नलाई नियन्त्रणमा लिन सुरु गरेको छ। समातिएका चारै जना माथी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक बास्तोलाले बताए।

उनका अनुसार अहिले ४ जनालाई अनुसन्धानमा लिई थप कुराहरु अनुसन्धानका क्रममा रहेका छन्। ओरियन्स ग्लोबल नेटवर्किङ प्रालि नामक बहुराष्ट्रिय कम्पनीले नेटवर्किङ व्यवसायको नाममा ठगी गरेको आरोपमा नियन्त्रण गरी प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ